मोरङ । मोरङको लेटाङ नगरपालिका असहाय र गरिबहरुका लागि सहारा बन्दै आएको छ ।
मोरङ लेटाङ नगरपालिकाले नै पहिलो पटक फुस(खर)को छानो मुक्त नगरपालिका बनाउने घोषना गरेका थिए । नगरपालिका भित्रका गरिब र असहायको घरको छानो जस्ता(टिन) लगाउने कार्यक्रम अघि सारेका थियो । लेटाङमा टिनको छानो हटाउने कार्यक्रम चलिरहँदा सोही योजना संघीय सरकार टिमेर देशैभर लागू गरेको थियो ।
चालु आर्थिक बर्षको लागि पनि १२ बर्षदेखि श्रीमान सम्पर्क बिहिन रहेका असहाय महिलाहरुका लागि २० लाख रकम बिनियोज भएको नगरप्रमुख शंकर राईले बताए । नगरमा ५०÷६० जनाजति पति बेपत्ता भएका महिला रहेकोले उनीहरुको जीवन यापनको लागि सहज होस भन्ने उदेश्यले कार्यक्रम राखिएको प्रमुख राईले बताए ।
पति बेपत्ता भएका महिलाहरुलाई नगदै दिने कि, के कसरी वितरण गर्ने कार्यविधि बनाएर केही महिना भित्रै कार्यक्रम गरिने प्रमुख राईले बताए ।
त्यसैगरी अन्य किसिमको असहाय र अशक्तहरुको लागि पनि १५ लाख रुपैया रकम बिनियोजना गरेको जानकारी दिदै सहयोग गर्नुपर्ने अवस्थाका नागरिकलाई सहयोग प्रदान गरिने जानकारी दिए । गरिबसँग नगरप्रमुख कार्यक्रम अन्तरर्गत उक्त कार्यक्रम सञ्चालन हुने राईले बताए ।
बुधबार लेटाङ—३ नम्बर वडामा आयोजित कमलपुर सामुदायिक वन उपभोक्ता समूहको २२ औ बार्षिक साधारण सभाको प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नगर प्रमुख शंकर राईले सो बारे जानकारी गराएका हुन् ।
लेटाङमा १९ करोडको लागतमा ढल प्रशोधन केन्द्र निर्माण कार्य सुरु भएको उल्लेख गर्दै यो कार्यक्रम फोहोरबाट मोहन (पैसा) संकलन हुने बताए ।
लेटाङमा भर्खरै ७० लाखमा दमकल खरिद भएको तर दमकलको लागि ८ जना कर्मचारी, मर्मत लगायत बार्षिक रुपमा झण्डै ७० लाख नै खर्च हुने बताए । दमकल पाल्न हरेक नगरपालिकालाई फलामको चिउरा सरह हुने नगर प्रमुख राईको भनाइ थियो ।