• गैरआवासीय नेपाली सङ्घमा देखिएका  विवाद समाधान गरी नयाँ निर्वाचन गराउन संरक्षक परिषद् तयार रहेको पूर्वअध्यक्ष शेष घलेले बताउनुभएको छ ।आइतबार एनआरएनए युकेको अल्डरसटस्थित नयाँ कार्यालयको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै  उहाँले विवाद समाधान गर्ने जिम्मा परिषद्लाई दिन आग्रह  गर्नुभयो ।

    सङ्घले परराष्ट्र मन्त्रालयको सुझावअनुसार २०२१ अक्टोबर २३ देखि २५ मा गर्ने गरी पूर्वनिर्धारित १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगन गरिएको जनाएको थियो ।

    सङ्घको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार भर्चुअल माध्यमबाट बसेको बैठकले मन्त्रालयको पत्रका सम्बन्धमा कानुनविद् र अन्य सम्बन्धित निकायसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय गरेको पनि विज्ञप्तिमा जनाइएको छ । सङ्घको १०औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण महाधिवेशन स्थगन गरिएको जनाइएको छ  ।

    सङ्घका प्रमुख संरक्षक डा घलेले भन्नुभयो “सङ्घमा देखिएका समस्या  समाधान गरेर छिटो महाधिवेशन सम्पन्न गर्नुपर्छ । ”

    कार्यक्रममा लण्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख श्रीमती रोशन खनालले एनआरएनएले बेलायतस्थित नेपाली दूतावासले एनआरएनए युकेसँग मिलेर काम गरिरहेको बताउनुभयो । 
    एनसिसी अमेरिकाका पूर्वअध्यक्ष तथा २०२१–२३ का लागि ‘टिम कुल’बाट महासचिव पदका उम्मेदवार डा केशव पौडेलले अहिलेको नेतृत्वको असक्षमताले गर्दा महाधिवेशन र चुनाव अनिश्चित बन्न पुगेको बताउनुभयो । कार्यक्रममा एनआरएनए युकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, योगेन क्षेत्री तथा आगामी महाधिवेशनमा विभिन्न पदका उम्मेदवारले आफ्नो मन्तव्य राखेको एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगरले बताउनुभयो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …