• गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजनीतिक परिवर्तनसँगै परम्परागत मूल्य, मानयता, संस्कार र पर्वलाई समयानुकूल बनाउनुपर्ने बताउनुभएको छ । विजयादशमी २०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले मौलिक पर्वहरुभित्र रहेका सकारात्मक र मानवीय जीवनको प्रगति र विकासका लागि मूल्यवान संस्कार प्रवृत्तिहरूको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधतायुक्त सुन्दर राष्ट्र भएको उल्लेख गर्दैै शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक आयाम हो ।”

    सबै जाति, भाषा संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्नु हाम्रो दायित्व भएको उल्लेख गर्दै उहाँले सन्देशमा  दसैँलगायतका हाम्रा सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएको उल्लेख गर्नुभएको छ । साथै यसलाई थप विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको आवश्यकता भएको सन्देशमा जनाइएको छ ।

    आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने अवसरका रूपमा पर्व मनाउन सम्पूर्ण देश र विदेशमा रहनुभएका नेपालीमा अनुरोध गर्दै मुख्यमन्त्री पोखरेलले सन्देशमा कोभिड–१९ को खतरा अभैm कायमै रहेकालेसरकारले जारी गरेको चाडपर्व तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने मापदण्ड पूर्णरुपमा अपनाइ खुसीयाली साट्न जोड दिनुभएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …