• जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मिसेरा सडक अवरुद्ध भएको तीन महिनापछि खुलेको छ । बागलुङ नगरपालिका–१० दब्लाङमा गत असारमा गएको ठूलो पहिरोले उक्त सडक खण्डसहित कालीगण्डकी करिडोरसमेत अवरुद्ध बनेको थियो । 

    सडक नियमित गर्ने प्रयास गरिए पनि पहिरो झर्ने जोखिमका कारण दक्षिण क्षेत्रका नागरिकले तीन महिनायता सास्ती खेप्नु परेको थियो । सडक खुलेसँगै दसँैमा घर जान आउन सहज भएको छ । निरन्तरको दबाबपछि दुई साता अघि मर्मत सुरु गरिएपनि वर्षा भएका कारण सडक पहिरोले बगाएपछि सडक सुचारु गर्न केही ढिलाइ भएको मालढुङ्गा कुश्मिसेरा सडक मर्मत समितिका अध्यक्ष यादव शर्माले जानकारी दिनुभयो ।

    सरोकारवाला निकायले पटक–पटक निरीक्षण गरेपनि भौगोलिक अवस्थाका कारण सडक नियमित गर्न कठिनाइ भएको थियो । बागलुङ नगरपालिकाको जनश्रमदानसहित रु २० लाख ९३ हजार विनियोजन गरी मर्मतको काम अगाडि बढाइएको थियो ।

    उपभोक्ता समितिमार्फत सडक मर्मत गरी तत्कालका लागि एकातर्फी रुपमा भएपनि गाडी सञ्चालनमा ल्याइएको उपभोक्ता समितिका अध्यक्ष शर्माले जानकारी दिनुभयो । सरोकारवाला निकायले अनुगमन गर्दा लागत अनुमान धेरै भएपनि अहिले तत्कालै जनताले पाएको दुःखलाई मध्यनजर गर्दै नगरपालिकाको विपद् व्यवस्थापनबाट केही रकम छुट्याएर काम अगाडि बढाइएको बागलुङ नगरपालिका– १३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले बताउनुभयो ।

    लामो समयदेखि जिल्लाको दक्षिणी भेग तथा बागलुङ नगरपालिकाको बलेवा क्षेत्र सडक सम्पर्कविहीन बनेपछि सहज होस् भनेर मर्मत सुरु गरिएको हो । नगरपालिकाले जनश्रमदान बाहेक रु १६ लाख ६० हजार उक्त सडकलाई छुट्याएको उपभोक्ता समितिका सचिव ज्ञानेन्द्र ढकालले जानकारी दिनुभयो । सडक बन्द हुँदा भकुण्डे, रायडाँडा, बलेवा क्षेत्र जैमिनी र बरेङ गाउँपालिकाका यात्रुले सास्ती खेप्नु परेको थियो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …