• २०७४ फाल्गुन १५ मंगलबार

    काठमाडौं । काखमा तीन वर्षका छोरा । पतिबाट घर निकालिएपछि न्यायका लागि जताततै उजुरी ।

    तर, राप्तीसोनारी गाउँपालिका –२ मदुवाकी २४ वर्षीया गीता वली बोहराले न्याय पाइनन् ।

    उनका पति देवबहादुर बोहरा सशस्त्र प्रहरीका डिएसपी हुन् ।

    गीताले आफूमाथि भइरहेको हिंसाबिरुद्व सशस्त्र प्रहरी मुख्यालय  नेपाल प्रहरीको महिला सेल  राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग, स्थानीय प्रशासन, महिला तथा बालवालिका कार्यालयलगायत दर्जन बढी सरकारी निकायमा उजुरी दिइन ।

    ‘मैले कुनै निकायबाट न्याय पाईन ।

    यताबाट उता जानुस् भन्दै फर्काउछन्,’ अन्यायबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘न्याय माग्दै सबै निकायमा पुगिसकें । अब म कहाँ जाऊ ।’

    ०७१ मा डिएसपी बोहरा विवाह गर्ने भन्दै घरमै माग्न गएका थिए ।

    मन मिलेपछि त्यसै बर्ष साउनमा उनीहरुले भागी विहे गरे । त्यसअघि बोहराले जेठी पत्नीसित सम्बन्ध बिच्छेद गरेका थिए । जेठीबाट दुई छोरी छन् ।

    विवाहको एक वर्षपछि अर्कै महिलासंग लागेर आफूलाई यातना दिन थालेको गीताको आरोप छ ।

    ‘ती महिला घरमै आएर म डिएसपी बोहराको श्रीमती हुँ, तँ को होस् भनेर धम्काउँछिन् । त्यसबारे श्रीमान्संग सोध्दा कुटपिट गर्न थाल्नु भो उनले भनिन्, ‘अहिले आएर सबै परिवार मिलेर घरबाटै निकाला गरिदिए । माइतीको शरणमा बसेकी छु ।’

    आफूमाथि हिंसा भइरहेको जानकारी सशस्त्र प्रहरी मुख्यालमा दिएपछि डिएसपी बोहराको आधा तलव उनले पाउँदै आएकी छन् ।

    मुख्यालयमा र विभिन्न निकायमा उजुरी दिएको भन्दै उनले थप शारीरिक तथा मानसिकरुपमा यातना दिन थालेको गुनासो गरिन् ।

    ‘श्रीमान् प्रहरी अधिकृत भएकाले उहाँको इज्जतमा असर पर्ला भनेर सुरुमा हिंसा सहेरै बसें ।

    तर उहाँ सुध्रिनु भएन ।

    उल्टै ती महिलालाई घरमै पठाएर मार्छु, काट्छु भनेर धम्की दिन लगाउनु भो  उनले  भनिन्आफ्नै श्रीमतीलाई बाहिरको महिला लगाएर धम्की दिनु भो । आफै घर आएर कुटपीट गर्नु भो ।’

    घरबाट निकाला गर्दा उनले प्रतिकार गरिन् ।

    उनको दाहिने हातको नाडी काटिएको छ । ‘तरवारले हान्न खोजे । प्रतिकार गर्दा काटियो,’ पत्रकार सम्मेलनमा उनको आँखा रसाए ।

    बोहरा अहिले तेह्रथुमस्थित म्याङलुङ सशस्त्र प्रहरी गणका गणपति छन् । यसअघि उनी सिमा सुरक्षा बल नेपालगन्जमा कार्यरत थिए ।

    उनले गीता पत्नी भएको स्वीकारे ।

    तर, पछिल्लो समय विवाद गर्न थालेपछि सम्बन्ध बिच्छेद मुद्दा दर्ता गरेको बताए ।

    ‘मैले उसलाई यातना दिएको र हिंसा गरेको छैन ।

    सुडान गएका बेला केही पैसा तलमाथि गरेपछि विवाद भएको हो,’ उनले कान्तिपुरसित भने म बिरुद्व २५ ठाउँमा उजुरी दिएकी छन् ।

    मेरो सम्पत्ती खान यो सब गरेको हो ।’

    तर गीताले भने उनको दाबीलाई खण्डन गर्दै कुटपिट तथा ज्यान मार्ने धम्कीका कारण अन्तिम स्थितिमा पत्रकार सम्मेलन गरेको बताईन् ।

    ‘घरमा गयो घरपरिवारले लत्ताकपडा बाहिर फाल्दिन्छन् ।

    छोरालाई पनि कुट्छन्,’ उनले भनिन्,‘न्यायका लागि गुहार गर्दै माइतीमा बसेकी छु ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …