• कञ्चनपुर, २८ असोज

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधताले भरिपूर्ण सुदूरपश्चिम प्रदेशवासीहरुलाई बडादसैँले एकताको सूत्रमा आबद्ध गरी विविधताका बीच एकता कायम गर्ने बताउनुभएको छ ।

        प्रदेशवासीका नाममा आज शुभकामना सन्देश जारी गर्दै उहाँले बडादसैँले धार्मिक सहिष्णुता, आपसी सद्भाव, भ्रातृत्व कायम गरी एकापसमा खुसियाली साटासाट गर्ने अवसर प्रदान गर्ने बताउनुभएको छ ।
     
        विश्वव्यापी रुपमा रहेको कोभिड–१९ का कारण अझै सहज रुपमा चाडपर्व मनाउने अवस्था नभएको सन्दर्भमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गरी चाडपर्व मनाउन उहाँले प्रदेशवासीलाई अपिल गर्नुभएको छ ।

        बडादसैँले आपसी, समझदारी, बन्धुत्व, सामाजिक सद्भाव तथा पारिवारिक सुमधुर सम्बन्ध कायम गर्न सघाउ पु¥याउने शुभेच्छासमेत उहाँले व्यक्त गर्नुभएको छ ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…