• भक्तपुर, २८ असोज

    हरेक वर्ष महानवमीको दिनमा मात्रै वर्षको एक दिन सर्वसाधारणका लागि खुला गरिने भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिर यस वर्ष सर्वसाधारणलाई खुला गरिएको छ । 

        कोरोनाका कारण गत वर्ष सर्वसाधारणका लागि खुल्न नगरिए पनि यस वर्ष सर्वसाधारणका लागि मन्दिर खुला गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । 

        महानवमीका दिन मन्दिरमा तलेजु भवानी प्रकट हुने जनविश्वासका आधारमा यस दिन सर्वसाधारणको घुइँचो लाग्ने गदर्छ । कोरोना भाइरसको प्रभावका कारण यस वर्ष पनि तलेजुमा बलिरहित औपचारिक पूजा मात्रै गरिएको उहाँले जानकारी दिनुभयो । फूलपाती, अष्टमी र नवमीमा गरी तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिँदै आएकामा पहिलो पटक यस वर्ष बलिरहित रूपमा तलेजुको पूजा गरिएको उहाँले बताउनुभयो । 

        सत्रौँ शताब्दीमा मल्ल राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने गरेको किंवदन्ती छ । किंवदन्तीअनुसार राजा जयप्रकाशले कुदृष्टिले हेरेपछि तलेजु भवानी त्यहाँबाट हराएकी थिइन् । राजाले क्षमा माग्दै धेरै रोइकराई गरेपछि तलेजुले वर्षको एकपटक मात्र आउँछु भन्ने वचन दिएकीले हरेक वर्ष महानवमीका दिन तलेजु भवानी आफ्नो मन्दिरमा प्रकट हुने विश्वासका साथ मानिसहरूको घुइँचो लाग्ने गर्दछ ।
        
        एक अर्को किंवदन्तीका अनुसार उनै त्रिपाशा खेल्ने तलेजु भवानी बालिकाको शरीरभित्र कुमारीका रूपमा प्रवेश गरेको जनविश्वास छ । त्यसबेलादेखि भक्तपुरमा कुमारीलाई एकान्त कुमारीका रूपमा पुजिन थालेको हो । 
        
        कुमारी पुजिने चलन सबैभन्दा पहिले भक्तपुरबाट सुरु भएर पछि काठमाडाँै र ललितपुरमा विस्तार भएको भक्तपुर तलेजुका मूल नाइके जोशीले बताउनुभयो । हरेक वर्ष घटस्थापनादेखि विजयादशमीसम्म जीवित कुमारीलाई तलेजुस्थित दसँै घरमा ल्याएर तान्त्रिक विधिपूर्वक विराजमान गराई पूजा गर्ने परम्परा यो वर्ष पनि टुटेको छ । 

        यस वर्ष नियुक्त गरिएको नयाँ कुमारी लुनिभा बज्राचार्यलाई आज तलेजुस्थित दसँैघर ल्याएर पूजा गर्ने परम्परा पनि यस वर्ष रोकिएको छ । कोरोनाकै कारण कुमारीलाई तलेजुमा नल्याइए क्वाठण्डौँस्थित कुमारी घरमा राखिएको र आज नवमीमा तलेजुबाट पूजा लिएर क्वाठण्डौँमै गएर कुमारीको पूजा गरिएको नाइके जोशीले जानकारी दिनुभयो । भोलि विजयादशमीको टीका पनि साइतमै क्वाठण्डौँस्थित कुमारी घरमै लगाइने भएको उहाँले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…