फागुन १४ पथरी
मामाको घोडा मेरो हि हि भनेझै पथरीका उपमेयरका श्रीमानको दादा गिरी वडेर गएको छ । उपमेयरकै श्रीमानको हैसियतमा पथरीका स्थानिय लाई धम्काउने देखी आक्रमणमै उत्रिन थालेपछि उनीहरु आजित भएका छन् ।
केहि दिन अधि मात्र एमाले का नेता तथा उधोग वाणिज्य संघको निर्वाचन अधिकृत भगतचन्द्र थपलिया माथी एमाले कार्यकर्ताकै अघि कुर्सीले आक्रमण गर्ने प्रयास गरेपछि उपमेयरका श्रीमान हेमचन्द्र वास्तोला विवादमा आउन थालेका छन् । २८ र २९ गतेको बाणिज्य संघको चुनाव पछिका पदाधिकारीहरुलाई २ गते प्रमाण पत्र बितरण र सफथ खुवाउन आएका थपलियामाथी बास्तोलाले गालि गलैच गरेको थपलिया बताउछन । पथरीको बाणिज्य संघको कार्यलय अगाडीको एक पसलमा रहेका थपलिया माथी अनावश्यक विवाद गर्दै आक्रमण गर्ने प्रयास गरेका थिए । पिडित थपलियाका अनुसार चुनावको मत गणना हुदा उपमेयरलाई मत गणनास्थलमा किन प्रवेश गर्न नदिएको भन्दै उनले टेलिफोनमा समेत थर्काएको र पछि कुर्सीले प्रहार गरेका थिए ।
वास्तोला थपलियासंग विवाद गर्न थालेपछि सो विवाद मिलाउन पुगेका पथरीका हलुका सवारी संघ का अध्यक्ष रोशन वुडाथोकीमाथी पनि वास्तोला खनिएका थिए । सो विवादमा वुडाथोकीले कुटपिट गरेको भन्दै वास्तोलाले इलाका प्रहरी कार्यालय पथरीमा निवेदन दिएका थिए । आफु माथी आक्रमण गर्न खोजेको आरोप लगाएका वास्तोलाले फागुन ९ गते वुधवारनै निवेदन फिर्ता गरेका छन् । निवेदनमा वास्तोलाले वुडाथोकी माथी कारवाहिको माग गरे पनि वास्तविक पिडीत वनेका थपलिया एमालेले न्याय दिने आशमा वसेको वताउछन् । थपलियाले पुर्वेली न्युजका पत्रकार संग कुरा गर्दै आफु पिडित भएको वताए । कुर्सी प्रहार गर्ने वास्तोला स्थानिय तहको निर्वाचन अघि मात्रै नेकपा एमाले मा प्रवेश गरेक थिए । राजतन्त्रको खुल्ला वकालत गर्ने शिव सेना नेपालका पुर्वाञ्चल इन्र्चाज वताउने उनी कुनै समय राप्रपा का क्षेत्रीय सभापति पनि रहेका थिए । श्रीमती उपमेयर वनेपछि इलाका प्रहरी कार्यालय पथरीमा आउने मुद्धामा पनि अनावश्यक चासो दिने गरेको भुक्तभोगी वताउछन् ।
त्यस्तै पुर्वेली न्युजमा उपमेयर विरुद्धको समाचार आएपछि पत्रकार गोपाल काफ्ले लाई पनि टेलिफोनमा धम्की दिएका थिए । उपमेयरले एक वृद्धको घरवार विथोलेको समाचार पुर्वेली न्युजले प्रकाशन गरेपछि पत्रकार काफ्ले माथी वास्तोलाले धम्की समेत दिएका थिए ।