• काठमाडौँ, २ कात्तिक

     हनुमानढोका दरबारको दसैँ घरमा ५४ बोका र ५४ राँगाको बलि दिई अखिल बलिपूर्ति सम्पन्न गरिएको छ । 

    आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति गरेसँगै नेपालीको महान् पर्व बडा दसैँमा मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम पनि समाप्त हुन्छ । चौवन्न बोकामध्ये नौ बोकालाई दसैँ घरमा बलि दिइएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले जानकारी दिनुभयो । 

    बाँकी बोका र ५४ राँगालाई भने हनुमानढोका दरबारको मूलचोकमा बलि दिइएको थियो । अखिल बलिपूर्ति गरिएसँगै दसैँ घरमा घटस्थापनाका दिन राखिएको जमरा सेलाइएको छ । 

    जमरा सेलाएसँगै टीका र प्रसाद लगाउने क्रम अन्त्य भएको हो । यसैगरी वैदिक सनातन हिन्दू धर्मावलम्बीले असोज २१ गते घटस्थापनाका दिन घर घरका पूजा कोठा एवं दसैँ घरमा राखेको जमरा पनि आज नजिकको ताल, तलाउ, पोखरी वा तीर्थस्थलमा लगी सेलाएका छन् । योसँगै दसैँको टीका लगाउने क्रम सम्पन्न भएको छ ।

    आज राति धन धान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातमा जाग्राम बसेसँगै १५ दिन लामो दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व समापन गरिन्छ । आजको दिनलाई कोजाग्रत पूर्णिमा भनिन्छ । आज जाग्राम बसेर महालक्ष्मीको पूजा आराधना गर्नेका घरमा लक्ष्मीले वास गर्ने धार्मिक विश्वास छ । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…