• काठमाडौँ, ४ कात्तिक

     चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा रहेको महालक्ष्मी मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । गोरखा भूकम्पबाट क्षति पुगेको सो मन्दिरको पुरातत्व विभाग, नगरपालिका र स्थानीयको सहयोगमा पुनःनिर्माण सम्पन्न गरिएको हो । 

        बुधबार एक कार्यक्रमका बीच पुरातत्व विभागका निर्देशक जयराम श्रेष्ठले मन्दिरका संरक्षक मङ्गलदाश महर्जनलाई मन्दिरको साँचो हस्तान्तरण गर्नुभयो । पुरातत्व विभाग र चन्द्रागिरि नगरपालिकाको रु ६३ लाख तथा स्थानीयको रु २४ लाखको सहयोगमा मन्दिरको पुनःनिर्माण सम्पन्न भएको हो । २०७२ सालको गोरखा भूकम्पले महालक्ष्मी मन्दिरमा क्षति पुगेको थियो । 

        कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले बलम्बुका ‘द्वारे’ पूर्णबहादुर महर्जनलाई सम्मान गर्नुभएको थियो । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…