•  बागलुङ, ५ कात्तिक

    शनिबारदेखि यहाँ जेसिज सप्ताह सुरु हुँदैछ । बागलुङ जेसिजले बिहीबार पत्रकार भेटघाटमार्फत सोको जानकारी गराएको हो । सप्ताहअन्तर्गत पहिलो दिन उद्घाटन समारोहसहित युवा सम्मान र मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुनेछ ।

    सप्ताहको दोस्रो दिन आइतबार स्व सत्यदेवी स्मृति ‘स्लो बाइक रेस’, यही कात्तिक ८ गते बैंकर्स करियर तालिम, ९ गते साइकल यात्रा, १० गते प्रभावकारी सार्वजनिक भाषण कला तालिम र ११ गते माध्यमिक विद्यालयस्तरीय नृत्य प्रतियोगिता राखिएको छ ।

    त्यसैगरी १२ गते स्व प्रगति स्मृति वक्तृत्वकला प्रतियोगितासहित, पुरस्कार वितरण र समापन समारोह हुने सप्ताहका मूल संयोजक अमरबहादुर थापाले जानकारी दिनुभयो । जेसिजले वर्षेनी सप्ताहको आयोजना गर्ने गर्दछ ।

    अघिल्लो वर्ष कोभिड–१९ का कारण भर्चुअल माध्यमबाट जेसिज सप्ताह मनाइएको थियो । जेसिजकर्मीले सप्ताहलाई वार्षिक पर्वका रूपमा लिन्छन् । रचनात्मक र सिर्जनशील कार्यक्रममार्फत समाजलाई सकारात्मक टेवा पु¥याउनु सप्ताहको उद्देश्य रहेको बागलुङ जेसिजका अध्यक्ष आनन्दप्रसाद रेग्मीले बताउनुभयो । दुर्घटना न्यूनीकरणका लागि सन्देश दिन ‘स्लो बाइक रेस’ देखि स्वास्थ्य र पर्यावरणका लागि साइकल यात्रासम्मका कार्यक्रमलाई सप्ताहमा समेटिएको छ । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…