• महेन्द्रनगर, ६ कात्तिक

    न्याय, कानुन तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले बाढी, पहिरो र डुबानबाट मुलुकले ठूलो क्षति व्यहोर्नु परेको बताउनुभएको छ । नेपाली कांग्रेस कञ्चनपुर शाखाले आज बिहान आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले प्रधानमन्त्रीले  राहत र पुनर्निर्माणका लागि विशेष चासो दिनुभएको बताउनुभयो । “पुनर्निर्माणभन्दा पनि तत्काल राहत पाउनुपर्ने वर्ग किसान हो,” मन्त्री बडूले  भन्नुभयो, “योजनाबद्ध ढङ्गले राहत र पुनस्र्थापनामा सरकार लाग्छ ।”

        बाढी र पहिराबाट भएको क्षतिका कारण  पुनर्निर्माणमा ढिलाइ भए पनि राहत प्याकेज तत्काल ल्याइने उल्लेख गर्दै उहाँले भन्नुभयो, “देशभरको क्षतिको अवस्था हेर्दा वैदेशिक सहायता जुटाएर पनि जनताको पीडामा मल्हम लगाउँछौँ ।” फरक प्रसङ्गमा मन्त्री बडूले नेपाली कांग्रेसलाई मुलुक हाँक्ने जिम्मेवारी आएको बताउनुभयो । “मुलुकको सफलता र संविधानको रक्षाका लागि सरकारमा आयौँ,” उहाँले भन्नुभयो, “अहिले हाम्रासामु चुनौतीहरु पनि धेरै छन् ।”

        नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले बाढी र पहिराको सबैभन्दा बढी मारमा सुदूरपश्चिम प्रदेश रहेको बताउनुभयो । “हामीले पनि प्रधानमन्त्रीज्यूको टोलीसित बाढी र पहिरो पीडित क्षेत्रको स्थलगत अनुगमन गर्दा निकै दर्दनाक अवस्था छ,” नेता लेखकले भन्नुभयो, “तत्काल सरकारले राहतको व्यवस्था गर्नुपर्छ ।”

        किसानलाई राहत र घरबारविहीन भएकालाई छाक टार्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिँदै उहाँले बताउनुभयो “यहाँ भएको क्षति प्रधानमन्त्रीले आफैँ हेरेर जानुभएको छ । तत्काल राहत ल्याउन सरकारले पहल गर्नेछ ।”

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…