•  मोरङ, ६ कात्तिक

    परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश नं १ मा सरकार गठनको सम्भावना रहेको बताउनुभएको छ । 

    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले आइतबार विश्वासको मतदानपछि कसको नेतृत्वमा सरकार गठन गर्ने सम्बन्धमा निर्णय गरिने जानकारी दिनुभयो । मन्त्री खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी गठबन्धन दलबीच छलफल एवं सहमतिका आधारमा  प्रदेश सरकारका सम्बन्धमा ‘प्याकेज)मा निर्णय गरिने बताउनुभयो । 

    उहाँले प्रदेश नं १ र वाग्मतीमा आधा÷आधा कार्यकाल नेतृत्व गर्ने सम्बन्धमा प्रस्ताव आएको तर अहिलेसम्म निर्णय नभएको जानकारी दिनुभयो । मन्त्री खड्काले नेकांको बहुमत नभएकाले सबै दलबीच आपसी छलफल गरी साझा सहमतिमा एमसीसी पास हुने बताउनुभयो ।

        मन्त्री खड्काले राष्ट्रिय जनगणना कार्यालयले लिपुलेक क्षेत्रमा आफ्नो कार्यानुसार जनगणना गर्ने व्यवस्था मिलाउने बताउनुभयो । एक प्रश्नको जवाफमा उहाँले ‘अर्ली इलेक्सन’ तत्कालै सम्भावना नभएको तर सत्तारूढ गठबन्धन दलबीच सहमति कायम भएमा आगामी चैत वैशाखमा हुनसक्ने बताउनुभयो । 

        उहाँले बेमौसमी वर्षाका कारण आएको बाढीपहिराबाट निधन भएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै बाली तथा पशुपक्षी क्षतिको तथ्याङ्क सङ्कलनपश्चात् थप राहत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…