•  वाग्मती, ६ कात्तिक

    वाग्मती प्रदेश सरकारले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयलाई  प्रयोगशाला स्थापनार्थ अनुदान दिने  भएकोे छ । सो कार्यका लागि मापदण्ड र सर्तहरुसमेत तोकेर  प्रादेशिक  शिक्षा विकास निर्देशनालयले रु १२ लाखदेखि १५ लाखसम्म अनुदान दिने जनाएको हो ।

        निर्देशनालयका अनुसार  सामुदायिक  विद्यालयमा  विज्ञान विषय र सूचना  प्रविधि  प्रयोगशाला  स्थापनासम्बन्धी कार्यविधि  २०७८ अनुसार  छनोट भएका विद्यालयलाई रकम उपलब्ध गराइने छ ।उक्त कार्यविधिअन्तर्गत सूचना प्रविधिका लागि रु १५ लाख तथा विज्ञान  प्रयोगशालाका लागि रु १२ लाख अनुदान प्रदान गरिने भएको छ । 

        प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा  उल्लेख भएबमोजिम  निर्देशनालयले कार्यविधि तयार गरी अनुदान दिनेछ । कार्यविधिमा प्रयोगशाला स्थापना गर्ने विद्यालय पहिचान गरी मापदण्ड  निर्धारण गरी अनुदान दिने निर्देशनालयको ठहर छ ।        

        विद्यार्थीलाई सिमकार्ड 

        मकवानपुरको सात हजार १३८ विद्यार्थीहरुलाई हेटौँडा उपमहानगरपालिकाले सियुजी सिम वितरण गरेको छ ।

        सङ्घीय सरकारबाट अनुदानस्वरूप  प्राप्त रु २६ लाख ७६ हजार छ सयबाट जिल्लाका १० पालिकामा इन्टरनेटको पहँुच  नभएका ठाउँहरुमा सियुजी सेवा उपलब्ध गराइएको उपमहानगरपालिकाले जनाएको हो ।

        शिक्षा विकास महाशाखाका अधिकृत सामचन्द्र खड्काका अनुसार रु १२५ का दरले जिल्लाका २३ विद्यालयका  कक्षा ४ देखि १२ कक्षासम्मका विद्यार्थीलाई उक्त सिम वितरण गरिएको थियो । 

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …