•  प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य दिव्यमणि राजभण्डारीले नेपाल र युरोपेली मुलुक माल्टाबीच पर्यटन प्रवद्र्धनको क्षेत्रमा सहकार्यका प्रचुर सम्भावना रहेको बताउँदै त्यसनिम्ति आवश्यक प्रयास हुनुपर्नेमा जोड दिनुभएको छ । 

        नेपालका लागि माल्टाका गैरआवसीय राजदूत रुबिन गाउचीको सम्मानमा यहाँस्थित माल्टाका अवैतनिक वाणिज्यदूत दिनेश श्रेष्ठले आज यहाँ आयोजना गर्नुभएको स्वागत समारोहमा उहाँले नेपालको पर्यटनलाई अझ उजिल्याउन माल्टाबाट धेरै सिक्न सकिने बताउनुभयो । माल्टा र नेपालबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै राजदूत गाउचीले त्यसलाई अझ सुदृढ तुल्याउन आफू क्रियाशील रहेको बताउनुभयो । 

        उहाँले दुई हजार दुई सयभन्दा बढी नेपालीले माल्टामा काम गरिरहेका जानकारी दिँदै भविष्यमा थप नेपालीलाई रोजगारीका अवसर उपलब्ध गराउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “दुई देशबीच श्रम सम्झौता गर्नसके पारस्परिक लाभका क्षेत्रमा सहकार्य गर्न मद्दत पुग्थ्यो । ”

        माल्टाको अथाह समुद्र र नेपालको सर्वोच्च शिखर सगरमाथाको समुचित प्रवद्र्धनबाट मनग्य पर्यटक आकर्षित गर्न सकिने विचार व्यक्त गर्दै उहाँले द्विपक्षीय व्यापार बढाउन आफू सहजकर्ताको भूमिका निर्वाह गर्न तत्पर रहेको बताउनुभयो । 

सम्वन्धित समाचार

 इलाम, १७ फागुन :  इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलाला…

ढोरपाटन (बागलुङ), १५ फागुन : बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र…

 ढोरपाटन (बागलुङ), १ फागुन : बागलुङको गलकोट नगरपालिका–११ मा रहेको उदय रिघा बुद्ध विहारलाई…

 काठमाडौँ, १९ माघ : हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष &…