•  सोलुखुम्बु, ८ कात्तिक

    थुलुङदूधकोशी गाउँपालिकाले विद्युतीय राजस्व भुक्तानी प्रणाली कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले जग्गा, घर भाडा, सवारी साधन, व्यवसाय , मालपोत, सम्पत्ति करलगायतका अन्य कर तथा शुल्कको भुक्तानी प्रक्रिया अनलाइनबाट तिर्न सजिलो होस् भन्ने ध्येयले सो प्रणाली लागू गरेको हो ।गाउँपालिका अध्यक्ष असिम राईले अनलाइनबाट सेवा प्रदान गर्न ‘करदाता पोर्टल’ कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो ।  

    उहाँले विगतमा गाउँपालिकाको कार्यालयमै आएर कर तिर्ने गरेका नागरिकले अब घरमै बसेर कर  तिर्न सक्ने छन् भन्नुभयो । सो प्रणाली मार्फत गाउँपालिकाको मातहतमा करदाताको रुपमा दर्ता भएको सेवाग्राहीले इन्टरनेटको पहुँचमार्फत आफ्नो प्रयोगकर्ताको नाम र पासवर्ड प्रयोग गरी जुनसुकै ठाउँबाट आफ्नो व्यक्तिगत विवरण, सम्पत्ति विवरण, व्यवसायको विवरण र कर तिरेको विवरण हेर्न मिल्ने बताइएको छ ।

    जग्गाको कर, घर भाडा, सवारी साधनको कर, व्यवसाय कर, मालपोत, सम्पत्ति करलगायतका अन्य कर तथा शुल्कको भुक्तानी प्रक्रिया अनलाइनबाट नै सम्पादन गर्न सकिने गाउँपालिकाले जनाएको छ ।  यस पोर्टलबाट सबैभन्दा पहिला गाउँपालिकाको वडा कार्यालयमा आफ्नो मोबाइल नम्बर, ईमेल ठेगाना र व्यवसाय तथा मालपोत विवरण सहित करदाताको रुपमा दर्ता गरिएको हुनुपर्ने छ । वडा कार्यालयमा स्वयं व्यक्ति वा इमेलको माध्ययमबाट सम्पर्क गरी आवश्यक कागजात पेश गरेर करदाताको रुपमा सूचीकृत भई करदाताको सङ्केत नम्बर र नयाँ आन्तरिक सङ्केत नम्बर प्राप्त गर्नुपर्ने प्रावधान छ ।
     
    करदाता र नयाँ आन्तरिक सङ्केत नम्बर प्राप्त गरिसकेपछि इ–सर्भिस डट थुलुङ दूधकोशी गाउँपालिका डट जिओभी डट एनपीमा गई नयाँ प्रयोकर्ताको रुपमा रजिष्टर गर्नुपर्ने, आफ्नो युजर र पासवर्ड लगिन गरेपछि भुक्तानीमा गएर कर तिनुपर्ने विवरण हेरी अनलाइन भुक्तानी सेवा प्रदायक इ–सेवाबाट भुक्तानी गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

    यस्तै कर तिर्नुपर्ने विवरण केही नदेखिएको खण्डमा करको प्रकार छनोट गरी कर निर्धारण गरी तिनुपर्ने कर अनलाइन भुक्तानी सेवा प्रदायक इ–सेवाबाटै भुक्तानी गर्न सकिने, करदाता पोर्टलमा रजिष्टर भइसकेपछि इ–सेवाको मोबाइल एपमा गएर स्थानीय सरकारमा आफ्नो करदाता नम्बर राखे तिनुपर्ने करको रकम देख्न सकिने छ । करदाता पोर्टल सञ्चालन भएयता गाउँपालिकामा हालसम्म एक लाख २३ हजार १४३ राजस्व सङ्कलन भइसकेको समेत गाउँपालिकाले जनाएको छ । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…