• बागमती, ८ कात्तिक

     गरिब तथा विपन्न समुदायलाई आवास सुविधा प्रदान गर्ने उद्देश्यले सुरुआत गरिएको जनता आवास कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा १९८ घर निर्माण हुने भएको छ ।गत आर्थिक वर्ष २०७७÷७८ मा ती घर निर्माणको सम्झौता भएको सहरी विकास तथा भवन निर्माणको कार्यालय हेटौँडाले जनाएको छ । दुई सय घर निर्माणका लागि छनोट भए पनि १९८ घर निर्माणको सम्झौता भएको बताइएको छ । चालु आवमा  १२६ ले घर निर्माणका लागि प्रथम किस्ता लिएको सो कार्यालयका अधिकृत मनोज लामिछालेले जानकारी दिनुभयो ।

    जिल्लाको  बकैया, भीमफेदी, राक्सिरागं, कैलाश तथा हेटौँडा उपमहानगर पालिकामा जनता आवास कार्यक्रम कार्यान्वयनमा रहेको सो कार्यालयले जनाएको छ । चितवन र मकवानपुर गरी दुई जिल्लाको कार्यक्रम सो कार्यालयले हेर्ने गरेको छ । 

    यसैगरी चितवनमा १९२ घर निर्माणका लागि सम्झौता भएकोमध्ये ८३ ले प्रथम किस्ता बुझेर लगेको जानकरी दिइएको छ । कार्यालयबाट प्राप्त जानकरीअनुसार गत आवमा मकवानपुरमा घर निर्माणका लागि चार हजार ५०० को निवेदन परेको थियो । तीमध्ये जिल्लामा १९८ घर निर्माणको लागि छनोट भएको हो । 

    उक्त कार्यक्रमका लागि रु पाँच करोड ४८ लाख बजेट विनियोजन भएको बताइएको छ । लाभग्राहीको १० प्रतिशत लगानी रहने गरी भूकम्पप्रतिरोधी सानो बरण्डासहितको दुई कोठे ढुङ्गामाटोले बनेको कच्ची घरको कूल लागत रु तीन लाख ५० हजार रहेको बताइएको छ । यसमा शौचालय अनिवार्य गरेको छ । सङ्घीय सरकारले सर्वप्रथम सुरु गरेको सो आवास निर्माणको काम अहिले प्रदेशमा हस्तान्तरण भएको छ । कोरोना महामारीको कारण गत आवमा घर निर्माणका प्रक्रिया पूरा हुन् नसकेको सो कार्यालयका प्राविधिकले जनाएका छन् । आवासविहीन, लोपोन्मुख, सीमान्तकृत, दलित र विपन्न मुस्लिम समुदायलाई जनता आवास कार्यक्रममा समेटिएको बताइएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …