मोरङ । शिल्पी कला समूहको आयोजनामा मंगलबार मोरङको पथरीशनिश्चरे–१, स्थित पञ्चायत माबिमा नाटक ‘ठूला माछा—सानामाछा’ प्रदर्शन भएको छ ।
घिमिरे युवराजको परिकल्पना÷निर्देशन रहेको नाटकले नेपाली जनताले भोग्नु परेको वर्तमान समस्याहरु माथि ब्याङ्या प्रहार गरेको छ । 
सिमेन्ट र बालुवाद्वारा निर्मित भौतिक पूर्बाधार निर्माणलाई मात्र बिकास मान्नु, अनआवश्यक भ्यूटावनरहरु, गाई र काउलीको मूर्ति निर्माण गरेर यसैलाई बिकास मान्नु पर्ने जनताको बाध्यता विरुद्ध नाटकले ब्याङ्गय प्रहार गरेको छ । 
सानो कागज नपुग्दा कर्मचारीले जनतालाई दुःख दिन अझै नछाडेको, घुस (नाजायज रकम)ैअझै नरोकिएको, निजी अस्पतालहरुको लुटतन्त्र झनै बढेको, पूर्बी नेपालको नगर÷गाउँ प्रमुखहरुले कोशी टप्पु, भेडेटार जस्ता स्थानको होटलमा ‘दलाल’हरुसँग बसेर योजना निर्माण गर्ने र उपप्रमुखले त्यसको विरुद्ध गर्दै आएको यथार्थ नाटकले प्रस्तुत गरको छ । 
कार्यक्रम हेर्न पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना बिष्ट, वडा अध्यक्षहर, शिक्षक र विद्यार्थीहरु उपस्थित थिए । नगरको उपप्रमुख यमुना बिष्टले बेलाबेला सार्वजनिक कार्यक्रमहरुमा होटल र रेष्टुरेष्टमा योजना निर्माण हुने गरेको बताउदै आएका थिए । यस्ता योजनाहरुमा आफू सहमत हुन नसक्ने बताउदै आएका थिए । नाटकले ठ्याक्कै सोही भाव प्रस्तुुत थियो । 
पवित्रा खड्का, रेनुका कार्कीढोली, सबिन कट्टेल, संगीता उराँव, मानहाङ लावति, असिम खनाल, ज्योति पोख्रेल, पबिन परियार, गोविन्द ओली, ज्याक रावल, हिमाल भूजेल, संजीत थुलुङ राई लगायतका कलाकारहरुको भूमिका रहेको नाटक झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानमा प्रदर्शन हुने बताइएको छ ।  













 
                                
 
                                                     
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        