• मोरङ । मोरङको पथरीशनिश्चरे–१० मा भोली (बुधबार)बाट पिटबोर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता सुुरु हुँदैछ । 
    थ्री रिभर्स एफ.सी. अमेरिकाको आयोजनामा पथरीशनिश्चरे रंगशालामा फुटबल प्रतियोगिता हुन लागेको हो । 
    प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको खेल संयोजक गणेश थक्लुङ लिम्बूले बताए । मैदान सफाई, स्टेज निर्माण लगायतको तयारी पुरा भएको छ । खेलाडी र दर्शकहरुको लागि मुख्य सडक दक्षिण रोडमा स्वागतद्वार निर्माण भएको छ । 
    प्रतियोगितामा मोरङ, झापा र सुनसरीको नौ र भुटानी शरणार्थीको एक गरी १० टिम सहभागि हुने आयोजक समितिका सदस्य सुमन कुरुम्बाङ्ग लिम्बूले बताए । 
    भोलीको उद्घाटन खेल झापाको शिवसताक्षी नगर र भाउन्ने बेलबारी मोरङवीच प्रतिष्पर्धा हुने बिक्की राईले बताए । 
    प्रतियोगिताको प्रथम र दास्रो हुनेले फुटबल टिमले क्रमस एक लाख एक हजार र दोस्रोले ५१ हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिको संयोजक कगेण थक्लुङ लिम्बूले बताए । 


    त्यसैगरी दैनिक रुपमा म्यान अफ द म्याच खेलाडीलाई २५ सय, बिधागत रुपमा बेष्ट गोल रक्षक, बेष्ठ डिफेन्डर, मिड फिल्डर, फर्वाड, हाइ स्कोररलाई क्रमस पाँच हजार र म्यान अफ द टुर्नामेन्टलाई नगद १० हजार र ट्रफी प्रदान गरिने आयोजक सदस्य बिक्की राईले बताए । 
    पथरीशनिश्चरे नगर उपप्रमुख यमुना बिष्टको प्रमुख आतिथ्यमा हुने उद्घाटन कार्यक्रममा थ्री रिभर्स एफसीका अर्जुन बिष्ट, रुद्र रिमाल लगायतको उपस्थिति रहेने संयोजक गणेश थक्लुङ लिम्बूले बताए । 

सम्वन्धित समाचार

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…

 इटहरीमा जारी १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र …