• अरु बेला पढाइमा व्यस्त रहने पशुपति आमावि उर्लाबारीका विद्यार्थीहरु शनिबार भने भिन्न भूमिका देखिएका थिए ।आफैंले रकम संकलन गरी होटल थापे त कतिले खेल खेलाए ।

    विद्यालयका निर्देशक विजय कार्की, प्रवन्ध निर्देशक आनन्द कार्कीलगायत शिक्षक शिक्षिकाहरु स्टेजको कुनै आरामकुसीमा देखिएनन् । उनीहरु थिए त, विद्यार्थीसँगै ग्राउण्डमा । सम्पूर्ण कार्यको जिम्मेवारी विद्यार्थीलाई दिएको बताउँदै निर्देशक विजय कार्कीले भन्नुभयो, ‘सबै विद्यार्थीले नै व्यवस्थापन गरेका छन्, हामी त दर्शक मात्र ।’पशुपति मेघा इभेन्ट’ को कार्यक्रममा देखिएको दृश्यले विद्यार्थीहरुले पढाइमा मात्र होइन, अतिरिक्त क्रियाकलापमा पनि अब्बल छौं भन्ने सावित गरेका छन् ।

    विविध साँस्कृतिक कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न भएको कार्यक्रममा विद्यार्थीहरुले कक्षागत रुपमा विभिन्न १६ प्रकारका खानाका स्टल र दर्जन बढी खेलकुदका स्टल राखेका थिए ।

    सो अवसरमा विज्ञान प्रदर्शनी, बालबालिकाहरुको फेसन शो समेत गरिएको विद्यालयका प्रवन्ध निर्देशक आनन्द कार्कीले बताउनुभयो । विद्यार्थीहरुमा जिम्मेवारी बोध गराउन कार्यक्रम सञ्चालन, व्यवस्थापनलगायत सम्पूर्ण कार्यको जिम्मा उनीहरुलाई नै दिएको उहाँले बताउनुभयो । कार्यक्रममा विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।



     

     

     

     

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…