• बझाङ, १३ कात्तिक

    बझाङको केदारस्युँ गाउँपालिकाकी एक सुत्केरीको हेलिकप्टरमा उद्धार गरिएको छ । केदारस्युँ गाउँपालिका–८ की २२ वर्षीया लक्ष्मी खत्रीको हेलिकप्टरमा उद्धार गरिएको हो । 

    उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ । लोतु सामुदायिक स्वास्थ्य इकाइ प्रमुख पुष्पा बोहराका अनुसार खत्रीलाई शुक्रबार बिहान २ बजे सुत्केरी व्यथा लागेपछि उनी बिहान ६ बजे स्वास्थ्य संस्थामा आएकी थिइन् । साँझ अबेरसम्म पनि सुत्केरी हुन नसकेपछि शल्यक्रिया गर्नुपर्ने  अवस्था आएपछि खत्रीलाई धनगढी पठाइएको हो ।  

    गाउँपालिकाकी उपाध्यक्ष निशा धामीले उद्धारका लागि पहल गर्नुभएको थियो । विकट ठाउँ भएकाले उद्धारमा कठिनाइ भएको हो । जयपृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध हुँदा बोकेरै अस्पताल पु¥याउन सकिने अवस्था नभएकाले हेलिकप्टरमार्फत उद्धार गरिएको उपाध्यक्ष धामीले बताउनुभयो । सडक अवरुद्ध हुँदा जटिल प्रकारका बिरामीलाई समस्या भइरहेको छ । 

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…