• काठमाडौ । नेपालको स्टार कलाकार तथा बिभिन्न राजनीतिक तथा सामाजिक संगठनका नेतृत्वहरुले तथ्याङ्क बिभागले लिने राष्ट्रिय जनगणनामा जातिको महलमा राई लेख्न अपिल गरेका छन् । 
    राष्ट्रिय तथ्याङ बिभागले आगामी कार्तिक २५ गतेदेखि १२ औं राष्ट्रिय गणना गर्न घरघरमा गणकहरु पठाउदै छ । 
    उक्त गणनामा राई समुदायको सहि तथ्याङ्क लिन किरात राई यायोक्खाले करिब एक बर्ष अघिदेखि प्रचार अभियान सञ्चालन गर्दै आएको छ । 
    यायोक्खाको सोही अभियानलाई सहयोग गर्दै नेपालको मेघा स्टार गायक राजेश पायल राईले जात÷जातिको महलमा राई, पुर्खा र मातृ भाषाको महलमा थरगत भाषा, दोस्रो भाषामा नजिकको राई जातिकै कुनै भाषा र धर्मको महलमा किरात लेख्न, लेखाउन भिडियो सन्देश दिएका हुन् । लोक गायक जितेन राई लगायतका गायक, गायिकाहरुले यो अभियानमा भिडियो सन्देश दिएका हुन् । 
    त्यसैगरी चर्चित हास्य कलाकार विल्सन बिक्रम राई (तक्मेबुढा), उमेश राई (फुलन्देकी आमा)ले कलात्मक अभिनयको साथमा यायोक्खाको अभियानलाई सहयोग गरेका हुन् । 
    जनता समाजवादी पार्टीका बरिष्ठ नेता अशोककुमार राई, माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई, उदयपुरबाट बिजयी संघीय सांसद शुरेसकुमार राई (हिमाल) लगायतले आगामी जनगणनामा जातिको महलमा राई, भाषाको महलमा थरगत भाषा र धर्मको महलमा किरात लेख्न सो समुदायलाई अपिल गरेका छन् । राजनीतिक दलका नेताहरु, कलाकार लगायत ४० भन्दा बढी भिडियो शन्देसहरु यायोक्खाको आधिकारिक युट्युब च्यानल kirat rai yayokkha मा पाइन्छ । 
    त्यसैगरी डा.तारामणी कोयु राई, समाजशास्त्री भोगिराज चाम्लिङ राई लगायतका प्रध्यापक, लेखक, पत्रकार, कलाकार लगायतले राई समुदायको सहि तथ्याङ्कको लागि पहल प्रयास गरिरहेका छन् ।
    अघिल्लो जनगणनामा राई जातिको संख्या घट्नुको साथै भाषाको महलमा हुदै नभएको ‘राई’ भाषा एक लाख २० हजारभन्दा बढी तथ्याङ निकालिएकोले समुदायलाई सचेतनाको लागि यायोक्खाले अभियान चलाउदै आएको यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले बताए । यायोक्खाले यो पटक जिल्ला, नगरहुँदै गाउँ—टोलसम्म पु¥याइएको महासचिव जनक राईले बताए । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…