• मोरङ । अधिवेशन सुरु भएको पाँच दिनपछि नेकपा(एमाले) कानेपोखरी गाउँ कमिटीको अध्यक्षमा सुशिल बुढाथोकी सर्वसहमत चयन भएका छन् ।
    एमालेले देशैभर कार्तिक ९ गते नगर, गाउँ अधिवेशन तोकेको थियो । कानेपोखरीमा अध्यक्षमा चार जना उमेद्वारले दावि नछाडेपछि सर्वसहमत जयन गर्न पाँच दिन लागेको हो । निर्वाचन समितिका संयोजक दामोदर सिग्देलले शनिबार निर्वाचित पदाधिकारीहरुको नाम घोषणा गरेको हो । उपाध्यक्षमा यशोदा लिम्बु, सचिव चरण गुरुङ, उपसचिवमा कृष्ण थामी र वीरवहादुर कार्की चयन भएका हुन ।
    नव निर्वाचित समितिका पदाधिकारीहरुलाई दामोदर सिग्देलले शनिबारै पद तथा गोपिनियताको सपथ गराएका छन् । सदस्यहरुलाई आगामी १७ गते सपथ गराउने कार्यक्रम रहेको छ ।
    सर्बसहमत गराउन पार्टी केन्द्रीय नेता तथा पूर्व मन्त्री भानुभक्त ढकाल, केन्द्रीय सदस्य गंगा डागी, पालिका प्रमुख समेत रहेका प्रदेश सदस्य तारा काफ्ले, भोला अधिकारी लगायतको नेताहरु लागेका थिए । अध्यक्षका उमेद्वार दानबहादुर बस्नेत, भूपाल श्रेष्ठ र खडानन्द घिमिरेले फिर्ता लिएपछि सुशील बुढाथोकी अध्यक्ष चयन भएका ह्न । 
    पालिकामा पार्टी प्रदेश सदस्य ताराबहादुर काफ्ले दानबहादुर बस्नेत र भोला अधिकारी शुसिल बुढाथोकीको पक्षमा आन्तरिक लविमा लागेपछि मिलाउन सकस परेको थियो । सकस पर्नुमा आगामी स्थानीय निर्वाचनको टिकट कस्ले र कुन गुटले पाउनेमा केन्द्रीत रहेको त्यहाँका एक जिम्मेवार नेताले बताए । 
     

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…