• मोरङ । मोरङको पथरी शनिश्चरेमा भइरहेको पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिताको आज(शनिबार) भएको खेलमा बेलबारी फुटबल क्लब बिजयी भएको छ । 
     प्रतिभा यूवा समाज सुधार क्लब पथरीशनिश्चरेलाई १ –० गोल अन्तरले पराजित गर्दै बेलबारी दोस्रो चरणमा प्रवेश गरेको हो । 


    बेलबारीको तर्फबाट कासिम राईले एक मात्र निर्णायक गोल गरेका थिए । खेलको मेन अफ द म्याच खेल बिजेता टिमका शंकर राई घोषित भए ।  


    भोली प्रतियोगिताको पहिलो दोस्रो चरणको खेल पथरी फुटबल क्लब र दमक फुटबल क्लब बिच हुने संयोजक गणेश थक्लुङ लिम्बूलेबताए । 


    पथरीले यस अघिको खेलमा लेटाङ फुटबल क्लबलाई पराजित गरिसकेको छ भने दमक पहिलो खेल खेल्दैछ ।


    थ्री रिभर्स एफसी अमेरिकाको आयोजनामा मोरङ पथरीशनिश्चरे–१० स्थित रंगशालामा भइरहेको खेलमा झापा, मोरङ र सुनसरीको १० टिम सहभागिता रहेका थिए । 


     

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…