•  मोरङ जिल्ला कारागारमा रहेका एक कैदीको ‘शङ्कास्पद’ मृत्यु भएको छ ।  जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका ४३ वर्षीय नारायण थापाको मृत्यु भएको हो । 


    थापा कात्तिक १६ मा गुन्डानाइके अभिषेक गिरीलाई काठमाडौंबाट मोरङ ल्याउँदा विरोधमा उत्रिएका कैदीमध्ये एक हुन् । मङगलबार कारागारभित्र गिरीकै योजनामा झडप भएको थियो । झडपमा छ जना घाइते भएका थिए । झडपपछि कारागार प्रशासनले गिरीको विपक्षमा रहेका चौकीदार किरण गुरुङसहित १४ कैदी–बन्दीको सरुवा गरेको थियो । 

    सरुवामा घाइते छ जना पनि परेका थिए तर थापाको सरुवा भएको थिएन । चौकीदारको सरुवालगत्तै कारागार प्रशासनले गिरीका सहयोगी कार्तिक कामतलाई चौकीदारको जिम्मेवारी दिएको थियो ।  कार्तिक झडपमा संलग्न थिए । कारागार प्रशासनले कामतलाई चौकीदारको जिम्मेवारी दिएको दुई दिनपछि थापाको मृत्यु भएको हो । थापाको मृत्यु शङ्कास्पद भएको कारागार स्रोत   बताउँछ । 

    ‘अभिषेक गिरीको विपक्षमा रहेकाहरूलाई कार्तिकले छानी–छानी यातना दिइरहेका छन्,’ कारागार स्रोतले भन्यो, ‘थापालाई पनि दुई दिनदेखि यातना दिएका थिए ।’ जिल्ला कारागारका निमित्त जेलर रामप्रसाद पाेखरेलका अनुसार जबर्जस्तीकरणी मुद्दामा छ वर्ष कैद भुक्तान गरिसकेका थापाको स्वास्थ्यमा यसअघि कुनै समस्या आएको थिएन । राति एक्कासि पेट दुख्ने र सास फेर्न गाह्रो भएको बताएपछि कोसी अस्पताल लगिएको उनले बताए । 

    अस्पतालका चिकित्सकले अस्पताल पुगेलगत्तै थापालाई मृत घोषित गरेका थिए । मोरङको इटहराका थापालाई १० वर्ष कैद सजाय भएको थियो ।

सम्वन्धित समाचार

 विराटनगर, २८ पुस मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा  बुधबार बिहान ट्याक्टरको ठक्करबाट एक…

मोरङ । नम्बर प्रदेश सरकारको समाजिक बिकासमन्त्री जयराम यादबले उत्पीडित समुदाय एकजुट भएर अघि बढ्नु पर्ने बता…

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको पदाधिकारी चयन सहमतिमै गर्नका लागि आज…

मोरङ । प्रदेश नम्बर १ का सामाजिक बिकास मन्त्री बिष्णुमाया तुङ्बाहाङ्फे (राई)ले पाँच दलीय गठबन्धन अझ बलियो ह…