• इटहरी ।  सुनसरीको इटहरी उपमहानगपालिकाका मेयर द्वारिकलाल चौधरीलाई भेट्न नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल चौधरीको निवास पुगेका छन् । 


    शुक्रबार भएको भेटमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई नेता नेपालसँगै थिए । नेपाल सुनसरीको चताराधाम जाने क्रममा चौधरीको निवास गएका हुन् । नेकपा (एमाले)बाट टिकट पाएर मेयर पदमा विजयी बनेका चौधरीले पार्टीको इनरुवामा दुई दिनअघि भएको कार्यक्रममा तेस्रो व्यक्तिले अध्यक्षता गरेको भन्दै माइक खोसेर बोल्न रोकेका थिए । उनले कार्यक्रम बहिस्कार गरेका थिए । उनी एमालेमै खुलेका थिए । 


    माधव नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई चौधरीले शुक्रबार सुनसरीस्थित निवासमा स्वागत गरेका छन् । त्यो औपचारिक भेटघाट भएको बताइएको भए पनि चौधरी नेकपा (एस)प्रवेश गरे वा नगरेको भन्ने खुलाइएको छैन । नेकपा एस इटहरी नगर कमिटीको आधिकारिक फेसबुक पेजमा भने मेयर चौधरी र इटहरी–४ का अध्यक्ष चन्द्र भट्टराई सहितको टोली एसमा प्रवेश गर्ने भन्ने विवरण पोस्ट गरिएको छ ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…