• काठमाडौं । किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा समुदायमा सामुहिक चुलो र किरात सिरिजंङ्गा लिपी प्रचलनमा ल्याउने बिषयमा छलफल भइरहेको छ । 
    किरात राई समुदायमा जन्म, विवाहदेखि, मृत्युसम्म चुलो मार्फत संस्कार गर्दछन् । किरात भूमि मूल थलोबाट देशको बिभिन्न भाग र विश्वको धेरै देशहरुमा पुगेको कारण चुलो संस्कार संकटमा पर्ने अवस्थामा पुगेको छ । 
    विभिन्न देशबाट सम्मेलनमा सहभागि हुन आएका प्रतिनिधिहरुले सामुहिक र पोर्टेबल(बोक्न मिल्ने) चुलोको बिकास गर्नुपर्ने सुझाव दिएका छन् । 
    हङकङबाट प्रतिवेदन प्रस्तुत गर्ने क्रममा बिमल राईले सन २०२८ मा २५ लाख डलरमा जग्गा खरिद गरेर सामुहिक चुलो निर्माण गरेर प्रयोग गर्दै आएको बताए । सुप्तुलुङ खिममा नछुङ नियुक्ति गरेर उद्यौली, उभौली, विवाह, गर्भ पुजा, नन्म, न्वारन, भात खुवाई, छेवर, गुन्यूचोली मृत्यु सस्कार गर्दै आएको प्रतिवेदन पेस गरे । 
    त्यसैगरी बेलायतबाट प्रतिवेदन पेस गर्ने क्रममा यायोक्खा बेलायतका उपाध्यक्ष मेजर योगेश राईले ३ लाख ६५ हजार पाउण्डमा करिव ८ हेक्टर जग्गा किनेर सामुहिक चुलो निर्माण गरेर संस्कार गर्दै आएको बताए । 


    किरात राई सोसाइटी आफ अमेरिकाका सचिव दिवस कोयु राईले अमेरिकामा पनि माङखिमको लागि जग्गा खरिदको प्रयास भइरहेको बताए । राईले अमेरिकामा सुम्निमा साँझा सांस्कृतिक कार्यक्रम ११ औ संस्करण भइसकेको र यो साँझ ब्राण्डको रुपमा स्थापित भएको बताए । साकेला नृत्यलाई आदिबासी जनजाति नृत्यको रुपमा मान्यता दिन संयुक्त राष्ट्र संघको कार्यालयमा गएर लिखित अनुरोध गरेको कोयु राईले बताए । 
    संस्थाले बार्षिक रुपमा १५ सय डलरको छात्रावृति बार्षिक रुपमा वितरण गर्दै आएको र समुदायको मृत्युहुँदा ५० डलरको दरले संकलन गरेर परिवारलाई वितरण गर्दै आएको बताए । 
    कार्यक्रममा कतारबाट धिरज चाम्लिङ राई, कुबेतबाट अमित चाम्लिङ राई, दक्षिण कोरियाबाट जीवन थेक्दास राई, साउदी अरबबाट भोगेन्द्र चाम्लिङ राई, भारतबाट डा. बीरेन्द्रसिह राई लगायतले सम्बन्धित देशमा राई समुदायको संस्कृतिक अवस्था बारे रिपोर्टिङ गरेका छन् । 
    बिभिन्न देशबाट उपस्थित प्रतिनिधिहरुले साकेला सांस्कृतिक कार्यक्रम गर्दै आएको, नेपालमा भुकम्प, बाडी पीडित, उपचार गर्न नसक्ने पीडितको उपचार खर्च, नेपालमा बन्ने सांस्कृतिक प्रतिमाहरु निर्माण, यायोक्खाले ल्याउदै आएको आन्दोलन र अभियानहरुमा सहयोग गर्दै आएको उल्लेख छ । 
    कार्यक्रममा सामुहिक चुलो, किरात सिरिजंङ्गा र सुन्हु लिपीलाई मान्यता दिने लगायतको बिषयमा छलफल भइरहेको छ । 
    बन्दसत्रमा तायाचुङ जायजुमका अध्यक्ष राकेश राई, जिमी राई उत्थान संघका सरिता राई, किरात राई सांस्कृतिक कलाकार संघका अध्यक्ष उपसचिव खिलराज राईले प्रगति प्रतिवेदन पेस गरेका छन् । 
    किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन मुल आयोजक समितिको अध्यक्ष दिवस राईको सभापतित्वमा भइरहेको कार्यक्रम महासचिव जनक राईले सञ्चालन गर्दै आएका छन् । कार्यक्रममा १२ वटा विदेश शाखा, नेपालको २३ वटा जिल्ला, २६ वटा भाषिक संस्थाहरु र ८ वटा भातृ संस्थाहरुबाट ३७५ जना प्रतिनिधिहरु बन्दसत्रमा सहभागि रहेका छन् । भोली (कार्तिक २९)सम्म चल्ने सम्मेलनमा आठ वटा कायपत्रहरु प्रस्तुत छलफल र निर्णय हुने बताइएको छ । 
     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…