• काठमाडौं । नेपालको काठमाडौमा चलिरहेको किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको बन्द सत्रमा किरात सिरिजङ्गा लिपि विश्वभर प्रचलनमा ल्याउन प्रस्ताव भएको छ । 
    बन्द सत्रमा कार्यपत्र प्रस्तुत गर्ने क्रममा भाषा विद डा. तारामणी राईले सो प्रस्ताव गरेका हुन् । किरात सिरिजङ्गा लिपि आफूलाई किरात मान्ने राई, लिम्बू, याक्खा, सुनुवार, थापि, सुरेल, हायु, जिरेल, मगर लगायतका समुदायलाई जोड्ने रसायनको रुपा काम गर्ने कार्यपत्रमा उल्लेख छ । 
    किरात लिपि नेपालको राष्ट्रिय अभिलेखालयमा दर्ता भएर संरक्षित रहेको छ । अभिलेखालयमा दर्ता भएको लिपि कुनै समुदायले मेरो भनेर एकलौटी दावि गर्न पाइन्दैन । देशको सम्पदाको रुपमा रहेको हुन्छ । 
    किरात लिपि सन ८८० देखि ९१५ प्रथम सिरिजङ्ग र १७०४ देखि १७४१ दोस्रो सिरिजङ्गले बिकास गरेको कार्यपत्रमा उल्लेख छ । उक्त लिपि लिम्बू समुदायले भारतमा भारतको सिक्किममा २६ र नेपालमा २५ वटा अक्षर चलाउदै आएका छन् । 
    तत्कालीन समयमा सिक्किममा सामान्य विवाद भएपछि राई समुदायले करिव २ दशकदेखि उक्त लिपि चलाउन छाडेका थिए । किरात राई यायोक्खाको १० राष्ट्रिय सम्मेलनले किरात लिपि प्रयोगमा ल्याउने निर्णय गरेको थियो । 
    यायोक्खाकै संयोजनमा यो लिपिलाई सम्पूर्ण किरातीहरुले चलाउन छलफल गर्दै आएको छ । किरात राई समुदायले बोल्ने भाषाहरुमा २७ देखि ३९ वटासम्म वर्णहरु रहेकाले सबैको लागि प्रयोग गर्न मिल्ने बनाउन किरात लिपिमा ४४ वटा ब्यञ्जन र १० वटा वर्ण थप्नु पर्ने डा. राईको कार्यपत्रमा उल्लेख छ । प्रचलित लिपिमा ६ वटा ब्यञ्जन, ३ वटा स्वर वर्णको साथै नासिका निर्माण गरे मात्र सबै किराती समुदायको लागि सहजहुने उल्लेख छ । त्यसको लागि यायाक्खा, कियाचु, याक्खा छुम्मा, सुनुवार सेवा समाज लगायतको पहलमा कार्यदल गठन भएको छ । डा. तारामणी राई सो कार्यदलको सदस्य समेत हुन् । 
    डा. राईको कार्यपत्रमा लेख्य परम्पराको बिकास, किराती समुदायमा लेखनको बिकास लगायतको बिषय प्रस्तुत गरेका थिए । भारतको सिक्किमा प्रयोगमा आएको कृपासल्यान (सुम्हुङ) लिपिको बिकासको सन्दर्भ समेत उल्लेख गरेका छन् । 
    बन्द सत्रमा ‘किरात राई समुदायको भाषाहरुको अवस्था’ बारे डा.नेत्रमणि दुमी राई, ‘किरात धर्म र माङखिम’ जयकुमार राई (कुलपति, किरात राई प्रज्ञा परिषद)ले प्रस्तुत गरेका छन् । 
    ‘किरात इतिहास र राई जाति’ बारे अनुसन्धानकर्ता भोगिराज चाम्लिङ राई, ‘मुन्दुममा सुप्तुलुङको स्थान र प्रयोग’ शान्तिदेवि राई (मुन्दुम अध्ययता) र चतुरभक्त दुमी राई (सहप्रध्यापक), किरात प्रदेशको आन्दोलन र नामकरणको सवालमा अध्यक्ष दिवस राई र नेपालको १२ औं राष्ट्रिय जनगणना बारे महासचिव जनक राईले कार्यपत्र प्रस्तुत गर्ने छन । 
    किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिको नियमावलीको मस्यौदा यायोक्खा उपाध्यक्ष जीवन हाताछो राई र  पूर्ब उपमहासचिव दिवस कोयु राई (हाल अमेरिका)ले अमेरिकामा चुलोको अवस्था बारे पत्र प्रस्तुत गरेका छन् ।  
    सम्पूर्ण कार्यपत्र प्रस्तुती पछि समूहमा छलफल गरी समुहिक निर्णय हुने अध्यक्ष दिवस राईले बताए । कार्यक्रममा १२ वटा विदेश शाखा, नेपालको २३ वटा जिल्ला, २६ वटा भाषिक संस्थाहरु र ८ वटा भातृ संस्थाहरुबाट ३७५ जना प्रतिनिधिहरु बन्दसत्रमा सहभागि रहेका छन् । भोली (कार्तिक २९)सम्म चल्ने सम्मेलनमा आठ वटा कायपत्रहरु प्रस्तुत छलफल र निर्णय हुने बताइएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । प्रदेश नं. १ संयुक्त संघर्ष समितिले आइतबार .(मंसिर २) ‘नयाँ चरणको आन्दोलन घोषणा तथा कोशी न…

मोरङ । प्रदेशको नाम कोशी खारेजी सम्बन्धि भोली (मंसिर २ं) विराटनगरमा हुने विरोध कार्यक्रममा पूर्ब उर्जा मन्त्…

मोरङ । स्थानीय समुदायको विरोधको बाबजुद ताप्लेजुङको मुकुमलुङ .(पाथीभारा)मा केवलकार बनाउन जवरजस्ति भइरहे…

मोरङ । मोरङको पथरीशनिश्चरे १० स्थित ओम सियार जम्बुलिङ बज्र गुम्बामा नौ औ अवतारी लामा गुरु टुल्कु रिग्देन र…