•   पूर्णिमा व्रत , कार्तिक शुक्लपक्ष चतुर्दशी तिथि, ११ः३१ बजेदेखि पूर्णिमा। भरणी नक्षत्र। चन्द्रराशि– मेष।

    मेष -  इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ।  

    वृष - दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ।  

    मिथुन -  धन आर्जन सामान्य भए पनि विभिन्न स्रोत–साधन जुट्नेछन्। तर सट्टापट्टा, लेनदेन आदिमा पनि थाेरै मात्र लाभ हुनेछ।  

    कर्कट -  कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ।  

    सिंह -  फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। चिताएको काम छिटै सम्पादन हुनेछ।  

    कन्या -  अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। बेसुरको निर्णयले समस्या आउला। अप्रिय समाचारले मन खिन्न बनाउला। 

    तुला -  दिन रमाइलाे र उत्साहजनक रहनेछ। प्रियजनसँग भेटघाट वा सम्पर्क हुनेछ। अतिथिको रूपमा सत्कार पाइने ग्रहयोग छ।  

    वृश्चिक -  अवसर आए पनि सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। स्वास्थ्यसम्बन्धी चिन्ताले सताउला।  

    धनु -  बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। 

    मकर -  निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। 

    कुम्भ - मिहिनेतले नियमित कामबाट फाइदा उठाउन सकिनेछ। तर अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ।  

    मीन -  परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। विविन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ।  

सम्वन्धित समाचार

नवलपुर, २२ मङ्सिर   शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा ‘पढ्दै …

काठमाडौँ, २० मङ्सिर   कर्णाली चिकित्सा  शिक्षा र स्वास्थ्य सेवाका दृष्टिकोणले अब दुर्गम रह…

चितवन, १९ मङ्सिर   कथाकार एवं पत्रकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम् कथा सङ्ग्रह ‘मो…

भक्तपुर, १७ मङ्सिर  राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । …