• मान्म, ५ कात्तिक

     कालीकोट जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु भएको छ । बहिरङ्ग सेवासँगै अस्पतालले दन्त उपचार सेवा पनि थप गरेको हो । जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु भएपछि सेवा लिनेको सङ्ख्या पनि वृद्धि भएको छ । पहिला दन्त उपचार सेवा सुरु नहुँदा बिरामीले जानकारी नपाएका कारण छिटपुट मात्र दाँतका बिरामी आउने गरेकामा अहिले दैनिक १५ जनाका दरले दन्त उपचार सेवा लिन आउने गरेको अस्पतालले जनाएको छ । 

        दाँतका बिरामीले दैनिक सेवा लिनेको सङ्ख्या वृद्धि भइरहेको दन्त सेवा विभागका प्रमुख डा रोहित गुरुङले बताउनुभयो । “आगामी दिनमा थप एक चिकित्सक आवश्यक रहेको छ”, उहाँले भन्नुभयो, “बिरामीको चाप पनि बढ्दै गएको छ ।” अस्पतालले दन्त उपचार सेवा दिन सुरु गरेपछि सेवाग्राहीलाई सहज भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक डा रत्नवीर सुनारले बताउनुभयो । 

    “अस्पतालमा दाँतको सेवा लिनेको सङ्ख्या दिनप्रतिदिन वृद्धि भइरहेको छ”, उहाँले भन्नुभयो । अस्पतालमा हाल दाँत निकाल्ने, भर्ने, आरसिटी गर्ने, सफा गर्नेजस्ता उपचार सेवा दिइएको छ ।    आगामी दिनमा दाँत फेर्ने सेवा पनि सञ्चालन गर्ने डा सुनारले बताउनुभयो । 

        कालीकोटमा दन्त उपचार सेवा नहुँदा दाँतका बिरामीले उपचारका लागि सुर्खेत नेपालगञ्जलगायत सुविधा सम्पन्न सहरमा जानुपर्ने बाध्यता हटेको खाँडाचक्र नगरपालिका–२ का बिर्ख विकले बताउनुभयो । 

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …