•  तनहुँ, ६ मङ्ङिसर

     सदरमुकाम दमौलीमा नमूना भेटेरिनरी अस्पताल निर्माण गर्न लागिएको छ । अस्पताल निर्माण पश्चात् तनहुँलगायत तीन जिल्लाका किसान प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।तनहुँ, लमजुङ र गोरखा जिल्लाका व्यावसायिक रुपमा पशुपालन गर्ने किसानलाई यसबाट प्रत्यक्ष फाइदा पुग्ने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ । यसबाट पशु पन्छीको उपचारका लामो दूरी पार गरेर लागि काठमाडौँ, पोखरा र चितवनजस्ता स्थान जानुपर्ने बाध्यतासमेत अन्त्य हुने भएको छ । 

    भेटेरिनरी क्षेत्रमा आधुनिक सेवा प्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा हाल पशुविज्ञ केन्द्र भएकै स्थानमा अस्पताल निर्माणकार्य अघि बढाइएको हो । रु १० करोडको लागतमा निर्माण गर्न लागिएको नमूना अस्पताल जिल्लाकै नमूना हुने केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले बताउनुभयो । 

    उक्त रकममध्ये पहिलो चरणमा रु चार करोड ९० लाख रकम विनियोजन गरी क्रमिक रुपमा निर्माण कामअघि बढाइएको छ । भवन निर्माणको लागि इको बिल्डर्स प्रालि चितवनसँग ठेक्का सम्झौता गरिएको थियो ।अस्पतालमा शल्यक्रिया, थेरापी, सघन उपचार कक्ष, युएसजी सेवा र दुई प्रयोगशालासहित  २३ वटा कोठा रहने बताइएको छ  ।

     नयाँ बन्ने भवन तीन तल्लाको हुनेछ । उक्त भवनमा तालिम तथा बैठक कक्ष र पुस्तकालयका अतिरिक्त कर्मचारी आवास कक्ष पनि बनाइने भएको छ । भौतिक संरचना पश्चात् आवश्यकपर्ने उपकरण र दक्षजनशक्तिको  व्यवस्था गर्न प्रदेश सरकार समक्ष अनुरोध गरिने उक्त  कार्यालयले जनाएको छ । 
    तनहुँ जिल्ला हाल मासु, दूध र अण्डामा आत्मनिर्भर हुनाका साथै बाह्य जिल्लामा समेत निर्यात गर्न सक्ने अवस्थामा पुगेको छ । “नमूना अस्पताल निर्माण पश्चात् पशुपालन किसानले गुणस्तरीय सेवा पाउने भएका छन् ।” उहाँले भन्नुभयो, “पशुको उपचारका लागि लामो दूरी धाउनुपर्ने समस्या अन्त्य पनि हुने विश्वास गरिएको छ ।” 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…