• पोखरा, ८ मङ्सिर

     कास्कीमा १२ वर्षभन्दा माथिका किशोरकिशोरी लगाइने कोरोनाविरुद्धको फाइजर खोप एक हजार ९२० जनाले  लगाएका छन् । कास्कीमा पहिलो चरणमा उपलब्ध दुई हजार १०० खोपमध्येसम्म मङ्गलबारसम्म एक हजार ९२० जनाले लगाएको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोरोना फोकल पर्सन डा शरद बरालले जानकारी दिनुभयो ।  

        उहाँका अनुसार जिल्लामा गत कात्तिक २८ देखि यही मङ्सिर ३ गतेसम्म उक्त उमेर समूहका दीर्घरोगीलाई प्राथमिकता दिएर प्रदान गरिएको र बाँकी अरू किशोरकिशोरीका लागि प्रदान गरिएको थियो । उहाँले  बाँकी खोप आज प्रदान गरिने बताउनुभयो ।  

        गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत दिवाकर शर्माका अनुसार कास्कीमा उक्त उमेर समूहका करिब ६० हजार किशोरकिशोरी छन् भने गण्डकी प्रदेशभरि चार लाख ३२  हजार ८४३ रहेका छन् ।  पहिलो चरणमा भाइजर खोप गण्डकी प्रदेशका कास्की र धौलागिरिका दुई अस्पतालबाट  सञ्चालन  गरिएको हो  । धौलागिरिमा बुधबारसम्म एक हजार ९६ जनाले लगाएका छन् ।  

        अमेरिकासहित विभिन्न देशमा कोभिडविरुद्ध प्रयोग गरिएको फाइजर खोप नेपालमा पहिलो चरणमा एक लाख ६२० खोप देशका विभिन्न २५ वटा अस्पताललहरुमा सञ्चालन भएका छन् । यो खोप नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीमा दिइएको छ । अहिलेसम्म नेपालमा कोभिसिल्ड, भेरोसेल र जोनसन एन्ड जोनसन खोप प्रयोगमा ल्याइएको छ । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…