• कलैया, ८ मङ्सिर

     बाराका किसानले २०७८÷७९ मा खेती गरेको भदैया धानप्रति हेक्टर ४.६ मेट्रिकटनका दरले उत्पादन हुनुपर्नेमा बेसौमी वर्षाका कारणले प्रति हेक्टर ४.३ मेट्रिक टनले उत्पादन भएको छ ।

    किसानले चालू आर्थिक वर्ष २०७८÷७९ मा विभिन्न जातको भदैया धान ११ हजार ९०१ हेक्टर क्षेत्रफलमा खेतीगरी प्रति हेक्टर ४.३ मेट्रिकटनले कूल ५१ हजार १९१ मेट्रिकटन धान उत्पादन भएको ज्ञान केन्द्रका प्राविधिक गेनालाल मण्डलले बताउनुभयो ।

    साथै बेमौसमी वर्षाको कारण प्रति हेक्टर दशमलव तीन मेट्रिक टनले तीन हजार ५७१ दशमलव पाँच मेट्रिकटन धान उत्पादनमा क्षति भएको उहाँले जानकारी दिनुभयो । यसवर्ष मोटो धान प्रति क्विन्टल रु दुई ७०० सम्बन्धित निकायले दर भाउ कायम गरेको छ । गतवर्ष २०७७÷७८ मा किसानले विभिन्न जातको भदैया धान ११ हजार ९३१ हेक्टर क्षेत्रफलमा खेतीगरी प्रति हेक्टर ४.६ मेट्रिक टनले कूल ५४ हजार ८८२.६ मेट्रिकटन धान उत्पादन भएको थियो ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…