• वाग्मती, ८ मङ्सर

    लामो समयदेखि  खानेपानीको अभाव झेल्दै आएका  स्थानीय बासिन्दाका लागि मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ स्थित टावरडाँडामा रु एक करोड छ लाख लागतको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ ।

    जिल्ला समन्वय समिति मकवानपुरको ७५ प्रतिशत र गाउँपालिकाको २५ प्रतिशतको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको सो आयोजनाको जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले उद्घाटन गर्नुभएको छ ।

    जिल्ला समन्वय समितिको रु ६० लाख र सो गाउँपालिकाको रु ४६ लाखको संयुक्त लगानीमा निर्माण भएको सो आयोजनाबाट २१६ घरपरिवारलाई स्वच्छ खानेपानी उपलब्ध हुने गाउँपालिकाले जनाएको छ ।
     
    एक हजार ७०० मिटर टाढाबाट लिफ्टिङ्ग सिस्टमबाट टावर डाँडामा ल्याइएको सो पानी दुई लाख ४० हजारको ट्याङ्कीमा सङ्कलन गरी खानेपानी स्थानीय २१६ घरपरिवारलाई उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष विदुर हुँमागार्इंले जानकारी दिनुभयो । 

    कृषि तथा पशुपालनको क्षेत्रका रुपमा अगाडि बढेको सो क्षेत्रमा निर्माण भएको खानेपानी आयोजना महत्वपूर्ण भएको हँुमागाईंको भनाइ छ । मकवानपुरगढी वडा नं ४ का स्थानीयवासी विश्वनाथ रिमाल र रमणीप्रसाद घिमिरेद्वारा दान गरिएको जग्गामा सो खानेपानी ट्याङ्कीलगायत पूर्वाधारको  निर्माण गरिएको टावरडाँडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष सत्रुघन दुलालले जानकारी दिनुभयो । 

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …