• मोरङ । किरात याक्थुङ चुम्लुङले १ नम्बर प्रदेशको ना किरात राख्न माग गरेको छ । 

    किरात याक्थुङ चुम्लुङ बिराटनगर महानगर समिति मोरङले बुधबार प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो लिम्बूलाई भेटेर सो माग गरेको हो । 

    चुम्लुङको महानगर समिति अध्यक्ष टिका चोङ्बाङ लिम्बू, सचिव लक्ष्मी मेयाङ्बो, नेपाल आदिबासी जनजाति महासंघको मोरङ जिल्ला अध्यक्ष दिलबहादुर थेबे लगायतको टोली मन्त्रालय पुगेका थिए । 

    टोलीको तर्फबाट बोल्ने क्रममा नेपाल आदिबासी जनजाति महासंघको मोरङ जिल्ला अध्यक्ष दिलबहादुर थेबेले १ नम्बर प्रदेशको नाम किरात राख्न तत्काल पहल थाल्न मन्त्री आङ्बोसँग आग्रह गरेका हुन् । प्रदेशको नाम किरात राख्दा सबैको साझा पहिचानहुने बताए । किरात कुनै जाति नभएर इतिहास, सभ्यता र भूगोल भएकोले महासंघ र चुम्लुङले आधिकारिक रुपमा प्रमाणित कागजात लिएर प्रदेश सरकारलाई बुझाउने समेत थेबेले बताए । 

    चुम्लुङ टोलीले मन्त्री आङ्बोलाई फुलको गुच्छा, सिलाम साक्मा र खादाले सम्मान गरेको थियो । सोही क्रममा बिराटनगरमा चुम्लुङको सभा हलसहितको भवन निर्माणको लागि योजना समेत पेश गरेका थिए । 

    किरात धार्मिक नेतृत्व आत्मानन्द लिङ्देन लिम्बू, किरात मोर्चाको केन्द्रीय नेता डिल्लि मिभक लिम्बू लगायतले प्रदेशको नाम किरात राख्न प्रस्ताव गरिसकेका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (लिम्बुवान)को तर्फबाट प्रदेश सरकारको सामाजिक बिकास राज्य मन्त्री बिष्णुमाया तुम्बाहाम्फेले भने लिम्बूवान किरात खम्बूवान नाम राख्दा उचित हुने बताउदै आएकी छन् । 

    किरात राई यायोक्खा, किराती राष्ट्रिय मुक्ति मोर्चा, लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चा लगायतले समाजिक राजनीतिक संगठनहरु र प्रदेश सभामा रहेका बहुमत सांसदहरुले प्रदेशको नाम किरात वा किरातसँग जोडेर नाम राख्न पहल गर्दै आएका छन् । प्रदेशमा नव गठित सरकारको मुख्यमन्त्री राजेन्द्र राई, आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो लिम्बू लगायतले प्रदेशको नाम किरात जोडेर बुहपहिचानको आधारमा नाम राख्दा ठीकहुने विचार ब्यक्त गर्दै आएका छन् । 

     

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…