•  कर्णाली, ९ मङ्सिर

    नेपाली कांगे्रसले कर्णाली प्रदेशका १० मध्ये आठ जिल्लामा नेतृत्व चयन गरिसकेको छ । कांगे्रसले बुधबारसम्म सुर्खेत र दैलेखबाहेकका जिल्लाको अधिवेशन सम्पन्न गरेको हो । यी दुई जिल्लामा शुक्रबार जिल्ला अधिवेशन हुँदैछ । 

        कांगे्रसले कतै सर्वसम्मत र कतै निर्वाचनका माध्यमबाट जिल्ला कार्य समिति चयन गरेको हो । जिल्ला अधिवेशन सम्पन्न भएका जिल्लामा जाजरकोटमा वेदराज सिंह, सल्यानमा केशबहादुर विष्ट, रुकुम पश्चिममा पे्रमप्रकाश ओली, कालीकोटमा अम्बरबहादुर शाही, जुम्लामा कर्णबहादुर शाही, डोल्पामा दीपेन्द्रबहादुर शाही, हुम्लामा मोहनविक्रम सिंह र मुुगुमा ऐनबहादुर शाही सभापति पदमा चयन हुनुभएको छ । कर्णालीका सबै जिल्लामा पार्टीको आसन्न १४ औँ महाधिवेशनमा भाग लिने प्रतिनिधिको पनि टुङ्गो लागिसकेको छ । 

        कांगे्रस सुर्खेतका सहायक निर्वाचन अधिकृत अधिवक्ता दुर्गाप्रसाद सापकोटाले शुक्रबार सात पदाधिकारीसहित जिल्ला कार्य समितिका सदस्य चयन हुने बताउनुभयो । उहाँका अनुसार सभापति एक, उपसभापति, सचिव, सहसचिव दुई÷दुई जना, भूगोल, खुला र समावेशी क्षेत्रबाट कार्य समिति सदस्य निर्वाचित भएर आउनुपर्नेछ । त्यस्तै दैलेखमा पनि शुक्रबार जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको छ । जिल्ला अधिवेशनपश्चात् यही मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन हुनेछ । प्रदेश अधिवेशन सम्पन्न गर्न कांगे्रसले यसअघि नै पार्टी केन्द्रीय समितिसमेत रहनुभएका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई संयोजक तोकिसकेको छ । 

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…