• दमौली, ९ मङ्सिर

     तनहुँको आँबुखैरेनी गाउँपालिकामा सोमबारदेखि सञ्चालित आँखा शिविरमा १३४ वृद्धाका शल्यक्रिया गरिएको छ । शिविर एक दिन थप गरेर बिहीबारसम्म लम्ब्याइएको छ ।

    नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पतालको आयोजना, आँबुखैरेनी गाउँपालिका र नेपाल नेत्रहीन सङ्घ पुनःस्थापना कार्यक्रम गोरखाको सहकार्यमा आँबुखैरेनी–३ मा शिविर सञ्चालन गरिएको छ । शिविरमा ५०० भन्दा बढीको आँखा परीक्षण गरिएको पुनःस्थापना कार्यक्रमका फिल्ड अधिकृत प्रेम महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबार ५० जनाको शल्यक्रिया गरिनेछ ।

    “तीन दिनसम्म शिविर सञ्चालन गर्ने तय भएकामा माग अत्यधिक भएपछि एक दिन थप गर्नुप¥यो, ५० जनाको आँखाको बिहीबार शल्यक्रिया गर्ने तय भएको छ”, उहाँले भन्नुभयो । शिविरमा अधिकांश आँबुखैरेनीका र केही गोरखाका सर्वसाधारणले सेवा लिएका छन् । 

    आँखामा मोतीयाविन्दु देखिएकाहरुको सोही ठाउँमा नै शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको छ । भरतपुर आँखा अस्पतालका डा रञ्जितकुमार शाहको नेतृत्वमा चिकित्सकको टोलीले वृद्धवृद्धाको आँखाको शल्यक्रिया गरेको थियो । आफ्नै ठाउँमा आँखाको शल्यक्रिया गर्न पाउँदा वृद्धा हर्षित भएका छन् ।

    आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले गाउँपालिकाले नीतिगत निर्णय गरेर आँखा क्लिनिक र आँखा शिविर सञ्चालन गर्ने तयारी गरेको जानकारीदिनुभयो । “ गाउँघरमै आँखाको शल्यक्रिया गर्न पाउँदा स्थानीयवासीलाई पनि सहज भयो, नत्र चितवन, पोखरा, काठमाडाँै जानुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “गाउँपालिकाले पनि अब शल्यक्रियासहितको शिविर सञ्चालन गर्ने तयारी गरेको छ ।”

     नौ लाख सहयोग

    विगत लामो समयदेखि प्यारालाइसिसले थलिएका व्यास नगरपालिका–१ निवासी अभिसन थापा मगरको उपचारका लागि नौ लाखभन्दा बढी रकम सहयोग गरिएको छ ।

    देश तथा विदेशबाट सङ्कलन भएको उक्त रकम बुधबार हस्तान्तरण गरिएको छ । व्यास–१२ कमलाबारी घर भई हाल अमेरिका निवासी कृष्णजीवी पन्थले समेत रकम जुटाउन सहयोग गर्नुभएको थियो । इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलसहितको टोलीले पीडितको घरमा पुगेर रकम हस्तान्तरण गरेको छ । 

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …