•  भरतपुर, ९ मङ्सिर  

    चितवनमा शुक्रबारदेखि सुरु हुने नेकपा (एमाले)को१०औँ राष्ट्रिय महाधिवेशनका लागि  भरतपुर विमानस्थलमा यात्रुको भीड बढ्न थालेको छ ।
    एमाले नेता तथा कार्यकर्ता विभिन्न जिल्लाबाट चितवन आउने क्रम बढ्न थालेसँगै विमानस्थलमा भीड बढ्न थालेको हो । भरतपुर विमानस्थलका सूचना अधिकारी दीपक विकले विमानस्थलमा बुधबारदेखि  भीड बढ्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “महाधिवेशन नजिकिएसँगै चितवनमा भिआइपी आउने र जाने क्रम बढ्न थालेको छ । विमानस्थलमा पनि भीडभाड बढेको छ ।”

    बुद्ध एयरका प्रबन्धक भक्त बस्नेतले पनि महाधिवेशनका लागि  विमानस्थलमा चहलपहल बढ्न थालेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँमा दैनिक १० उडान, पोखरा र भैरहवामा दुई उडान गरिरहेका छौँ । सबै जहाजमा यात्रु भरिएको छ । यात्रुको सङ्ख्या निरन्तर बढिरहेको छ ।” 

    असोज १ गतेदेखि  काठमाडौँबाट यहाँसम्म उडान सुरु गरेको गुण एयरलाइन्सले एमाले महाधिवेशनलाई लक्ष्य गरी बुधबारदेखि पोखरामा पनि उडान सुरु गरेको छ । गुणले यसअघि काठमाडौँका लागि दैनिक तीनवटा उडान गर्दै आएको थियो । उक्त एयरलाइन्सका स्टेशन इन्चार्ज कुलराज शर्माले सबै विमान काठमाडौँबाट भरिएर आउन थालेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विमानस्थलमा चहलपहल बढेको छ । एमाले महाधिवेशनभरका लागि टिकट अग्रिम बुकिङ गर्नेको सङ्ख्या बढ्दो छ ।”

    स्वयंसेवकलाई प्रशिक्षण

    एमालेको चितवनमा हुने १०औँ राष्ट्रिय महाधिवेशनका लागि स्वयंसेवकलाई प्रशिक्षण दिइएको छ । बुधबार  पार्टी कार्यालयको सभाकक्षमा ३०० स्वयंसेवकलाई प्रशिक्षण दिइएको हो । पार्टीका जिल्ला अध्यक्ष पार्वती रावलले महाधिवेशनका लागि पाँच हजार स्वयंसेवकको व्यवस्था गरेर  प्रशिक्षण दिइएको बताउनुभयो । महाधिवेशनलाई सभ्य र भव्य बनाउन स्वयंसेवकलाई निर्देशन दिइएको थियो । महाधिवेशनको उद्घाटनसत्र यही मङ्सिर १० गते नारायणी नदी किनारमा हुने छ भने बन्दसत्र ११ र १२ गते सौराहामा हुने छ ।

    प्रेस चौतारीकोे हेल्प डेस्क

    प्रेस चौतारी नेपाल चितवन शाखाले यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने दशौँ महाधिवेशनलाई लक्ष्य गरेर हेल्प डेस्क स्थापना गरेको छ । देशभरबाट महाधिवेशनको रिपोर्टिङ गर्न चितवन आउने पत्रकारका लागि उक्त शाखाले हेल्प डेस्क स्थापना गरेको हो ।

    प्रेस चौतारीका पूर्व जिल्ला अध्यक्ष राधेश्याम खतिवडाको संयोजकत्वमा नौ सदस्यीय हेल्प डेस्क समिति गठन गरिएको छ । ‘चौतारी हेल्प डेस्क’मार्फत देशभरबाट आउने पत्रकारलाईसहजीकरण र समन्वय अध्यक्ष पण्डितले जानकारी दिनुभयो ।उहाँले पत्रकारलाई असजिलो र अप्ठ्यारो महसुस नहोस् भनेर हेल्प डेस्क स्थापना गरिएको बताउनुभयो । एमालेको महाधिवेशनको उद्घाटनसत्रस्थल नारायणी नदी किनारमा पत्रकारलाई रिपोर्टिङका लागि पार्टीले छुट्टै स्थानको व्यवस्था गरेको जनाएको छ । यस्तै बन्दसत्र हुने चितवनको सौराहमा मिडिया सेन्टरसमेत स्थापना गर्न लागिएको छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…