• तनहुँ, ११ मङ्सिर  

     व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयमा प्रविधिमैत्री स्मार्ट बोर्डमार्फत विद्यार्थीलाई पढाउन थालिएको छ ।  उक्त विद्यालयमा चक, डस्टर, ह्वाइट बोर्ड र मार्करलाई विस्थापन गरेर प्रोजेक्टर, युपिएसको सहायताले ई–बुकमार्फत विद्यार्थीलाई पढाउन थालिएको हो । स्मार्ट बोर्डको प्रयोगबाट पढाउँदा सिकाइ दिगो, समयको बचत  र प्रभावकारी हुने विद्यालयका प्रधानाध्यापक तीर्थराज बर्देवा परियारले जानकारी दिनुभयो ।

        यस्तो बोर्डको प्रयोग सबैको स्वास्थ्यको लागि पनि राम्रो मानिन्छ । उहाँले भन्नुभयो, “शिक्षक शिक्षिकाले चक डस्टर प्रयोग गर्दा लुगाकपडा धुलाम्यै हुने स्थिति पनि अन्त्य भएको छ ।”  कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीलाई प्रोजेक्टर युपिएसको प्रयोग पनि गरिएको छ । तालिम प्राप्त शिक्षक शिक्षिकाबाट शिक्षण सिकाइ थालिएपछि विद्यार्थीका लागि सहज हुनाका साथै उनीहरू उत्साहित पनि भएका छन् । 

        व्यास नगरपालिका कार्यालयले सोलार प्यानल जडानका लागि रु दुई लाख विनियोजन गरेकाले विद्युत् भार कटौतीको समयमा पनि  समस्या नहुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास रिजालले जानकारी दिनुभयो । उक्त विद्यालयमा हाल २५० विद्यार्थी अध्ययनरत छन् । अधिकांश विद्यार्थी दलित जनजातिका रहेका र अन्य समुदायको सङ्ख्या भने न्यून रहेको उहाँले बताउनुभयो । उक्त विद्यालयमा स्मार्ट बोर्डको प्रयोग गरेपछि  अन्य विद्यालयले पनि उक्त प्रविधि अपनाउन तयारी गरिरहेको व्यास नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…