• वीरगञ्ज, ११ मङ्सिर 

     पर्साको धोबिनी गाउँपालिकाले सामुदायिक विद्यालयमा सञ्चालन गर्दै आएको दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन थालिएको छ । विभिन्न सामुदायिक विद्यालयमा वास्तविक विद्यार्थी सङ्ख्याभन्दा बढी विद्यार्थी सङ्ख्या देखाएर खाजा खर्चबापतको रकम माग गर्ने प्रवृत्तिलाई निरुत्साही गर्न उक्त कार्यक्रमलाई थप प्रभावकारी बनाउन थालिएको प्रमुख प्रशासकीय अधिकृत राजु साहले जानकारी दिनुभयो  । 

        सामुदायिक विद्यालयमा अध्ययन गर्ने वास्तविक विद्यार्थी सङ्ख्याका आधारमा दिवा खाजा खर्चबापत रकम निकासी गरिने छ । यसअगावै वास्तविक विद्यार्थी सङ्ख्याभन्दा बढी विद्यार्थी सङ्ख्या देखाएर खाजा खर्चबापतको रकम माग गर्ने प्रवृत्ति थियो । गरिब, जेहेन्दार एवं दलित परिवारका बालबालिकाको विद्यालयसम्म पहुँच बढाउने अभिप्रायले सरकारले लागू गरेको दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन पालिकाले प्रयास थालेको  हो । दिवा खाजाकै कारण विद्यालयमा विद्यार्थीको सङ्ख्या पनि बढेको प्रमुख प्रशासकीय अधिकृत साहले बताउनुभयो । दिवा खाजाको प्रभावकारितासम्बन्धी गाउँपालिकाभित्रका हरेक सामुदायिक विद्यालयमा अनुगमन गरिने उहाँको भनाइ थियो ।

        यसैबीच धोबिनी गाउँपालिकाभित्र सामुदायिक विद्यालयमा लामो समयदेखि रोकिएको दिवा खाजा कार्यक्रम पुनः सुरु गरेकोे छ । उक्त गाउँपालिकाले कात्तिक महिनामा दिवा खाजा बराबरको रकम निकासा गरेपछि यहाँस्थित १७ वटा सामुदायिक विद्यालयमा दिवा खाजा पुनः सुरु गरिएको गाउँपालिका अध्यक्ष सुरेशप्रसाद कुर्मीले बताउनुभयो । 

    अव्यवस्थित जग्गाको नापजाँच सुरु

        बाराको निजगढ नगरपालिकाले भूमिहीन तथा अव्यवस्थित जग्गाको नापजाँच सुरु गरेको छ । निजगढ नगरपालिका वडा नम्बर १, २ र ३ मा पर्ने भरतगञ्ज सिङ्गौलबाट भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित जग्गाको नापजाँच गर्ने कार्यको सुरुआत गरिएको हो । वर्षौंदेखि नगरमा समस्याको रुपमा रहँदै आएको सुकुम्बासी समस्या र अव्यवस्थित जग्गाको नापजाँच सुरु भएसँगै सुकुम्बासी समस्या समाधानका लागि पहल हुने नगरप्रमुख सुरेशकुमार खनालले जानकारी दिनुभयो । 

        भरतगञ्ज सिङ्गौलबाट सुरु भएको नापजाँच कार्य नगरका अन्य वडामा पनि क्रमशः गर्दै लगिने जनाइएको छ । सुरुमा भरतगञ्ज सिङ्गौल, लाल, रतनपुर क्षेत्रमा अव्यवस्थित जग्गाको  व्यवस्थापन कार्य सञ्चालन गरिएको नगरउपप्रमुख लिलादेवी लामिछानेले बताउनुभयो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …