• वालिङ, ११ मङ्सिर 

     नेपाली कांग्रेस स्याङ्जा जिल्लाको सभापतिमा राजु थापा विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनामा थापाले एक हजार ११७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी भागवतप्रकाश मल्लले एक हजार ८५ मत प्राप्त गर्नुभयो । 
        कूल दुई हजार २५७ मतदातामध्ये दुई हजार २१८ मत खसेको थियो । विजयी  थापा संविधानसभा सदस्य हुनुहुन्छ भने मल्ल स्याङ्जा क्षेत्र नं २ प्रदेश ख का विजयी सांसद एवं नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशका सचेतक हुनुहुन्छ । दुवैले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा प्रतिस्पर्धा गर्नुभएको थियो । उपसभापति, सचिव, सहसचिवमा थापा र मल्ल समूहबाट एक÷एक जना निर्वाचित हुनुभएको छ ।

        विजयीमध्ये थापा समूहबाट उपसभापतिमा केदार काफ्लेले एक हजार ३७० र मल्ल समूहका शेरबहादुर थापाले ८९३ मत प्राप्त गर्नुभयो । सचिवमा थापा समूहबाट गुरुप्रसाद भट्टराई एक हजार २९२ र मल्ल समूहबाट दामोदर लम्सालले ९३४ मत पाउनुभयो भने सहसचिवमा थापा समूहबाट ध्रुवबन्धु पौडेल एक हजार १५८ मत र मल्ल समूहबाट पृथ्वीप्रसाद पोख्रेलले ९३९ मत प्राप्त गर्नुभएको थियो ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…