• तनहुँ, १६ मङ्सिर

     व्यास नगरपालिका–१ गल्बुबेँसी घर भई हाल बेलायतमा बस्दै आउनुभएका हरिबहादुर हडखलेले यहाँको एक आमा समूहलाई जग्गादान गर्नुभएको छ । 

        सोही वडास्थित नवआदर्श आमा समूहको भवन निर्माणका लागि उहाँले करिब रु २५ लाख मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गर्नुभएको हो । स्थानीयस्तरमा सक्रियरुपमा सामाजिक क्षेत्रमा काम गर्दै आएको आमा समूहको क्रियाकलापबाट आफू प्रभावित भई समूहको भवन निर्माणका लागि आफूले जग्गा उपलब्ध गराएको हडखलेले बताउनुभयो । 

        हडखलेका परिवार लामो समयदेखि बेलायतको लण्डनमा बस्दै आउनुभएको थियो । आमा समूहको भवन निर्माणका लागि आफूले पिता पिताम्बर हडखलेको स्मृतिमा निःशुल्करुपमा जग्गा दिन पाउँदा ज्यादै खुसी लागेको उहाँले बताउनुभयो । दुई हप्ताअघि पारिवारिक कामले नेपाल आएको अवसरमा उहाँले सो जग्गा प्रदान गर्नुभएको आमा समूहका कानूनी सल्लाहकार तथा जग्गादाताका दाजु अधिवक्ता डम्बरदेव हडखलेले जानकारी दिनुभयो । 

        समाजसेवीको रुपमा परिचित हडखले परिवारले आमा समूहलाई तीनदेखि चार आनासम्म दिने भनी आश्वासन दिनुभएको थियो । समाजमा रहेर केही योगदान गर्नुपर्दछ भन्ने सोचका साथ हड्खलेले जग्गा उपलब्ध गराउने प्रतिबद्धताअनुरुप मालपोत कार्यालयमा गई जग्गा पास गरी दिनुभएको आमा समूहकी अध्यक्ष सावित्री हडखलेले बताउनुभयो ।  

        विगत २३ वर्ष अगाडि संस्थापक अध्यक्ष रेनुका हडखलेको अध्यक्षतामा उक्त आमा समूह जिल्ला प्रशासन कार्यालय तनहुँमा दर्ता गरिएको थियो । तिहारमा हुने देउसी भैलो, स्थानीयको घरमा हुने बिवाह व्रतबन्ध, पूजाआजा, लाहुरे आएका अवस्थामा नाचगान गरी प्राप्त हुने रकमले सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् ।

        विविध क्रियाकलापबाट सङ्कलित रकमबाट प्रतीक्षालय निर्माण गर्नुका साथै गाउँमा रहेको अकला मन्दिर परिसरमा अकला मन्दिर, महादेव मन्दिर, दुई वटा ठूला ट्रष्ट हल निर्माण गरिएको समूहकी अध्यक्ष हडखलेले बताउनुभयो । समय समयमा टोल छिमेकमा सचेतनामूलक कार्यक्रम, सरसफाइ र मनोरञ्जनात्मक कार्यक्रमसमेत गर्दै आइरहेको उक्त समूहले जनाएको छ । 

        जग्गा दाताकी आमा गङ्गाकुमारी उक्त आमा समूहको ज्येष्ठ सदस्यका रुपमा रहनुभएको छ भने समूहबाट हुने हरेक कार्यमा सक्रियरुपमा सहभागी हुँदै आउनुभएको छ । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…