• खलङ्गा, १८ मङ्सिर 

     जुम्लामा अपाङ्गता भएका कोरोना पीडित २४९ र विपन्न गरी पाँच ५५५ जनालाई राहत वितरण गरिएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकामा रहेका  यस्ता  व्यक्तिको दैनिक जीवन सहज बनाउनका लागि राहत वितरण गरिएको हो । 

    कोरोनाबाट पीडित परिवारलाई  सहायता कार्यक्रमअन्तर्गत करिब छ महिना पुग्ने खाद्यान्न वितरण गरिएको जिल्लास्थित अपाङ्ग पुनःस्थापन तथा विकास केन्द्रका अध्यक्ष नन्दराज धितालले बताउनुभयो । सिबिएम नेपालको सहयोगमा आईएनएफ नेपाल जुम्ला शाखाले स्थानीय सरकारको समन्वयमा दुई चरणमा चामल ६० केजी, दाल १५ केजी, एक किलो नुन, दुईवटा साबुन, जिरा, खुर्सानी, धनियासहित खाद्य सामग्री वितरण गरेको परियोजना संयोजक ठालुराम चौधरीले बताउनुभयो । विपन्न परिवारमा अपाङ्गता भएका व्यक्ति बढी भएकाले राहत वितरणमा तिनलाई प्राथमिकता दिएर टुहुरा बालक, एकल महिला, ज्येष्ठ नागरिकलाई समेत राहत वितरण गरिएको थियो। कोरोनाका कारण आम्दानी गुमाएका तथा अन्य विपन्न नागरिकलाई तेस्रो चरणमा राहत वितरण कार्यक्रमको तयारी भइरहेको छ । 

    कनकासुन्दरी र चन्दननाथमा विपन्नलाई राहत कार्डसमेत वितरण गरिएको छ । विपन्नले सोही कार्डको आधारमा तेस्रो चरणको राहत पाउनेछन् । कोरोनाले लामो समयसम्म आम्दानीविहीन बनाएकाले करिब छ महिनासम्म पुग्नेगरी खाद्यान्न वितरण गरिएको हो । कोरोनाको समयमा  आइएनएफले राहत वितरण, महासङ्घले सचेतना तथा सिएमसीले मनोसामाजिक समस्या भएका व्यक्तिलाई तनाव व्यवस्थापनसम्बन्धी तालिम दिँदै आएको महासङ्घका कर्णाली प्रदेश अध्यक्ष विष्णु शर्माले बताउनुभयो ।सङ्कटको समय आर्थिक अवस्था कमजोर भएका घर परिवारका व्यक्तिलाई राहत उपलब्ध गराउनु सकारात्मक रहेको चन्दननाथ नगरपालिका उपप्रमुख अप्सरादेवी न्यौपानेले बताउनुभयो । 

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…