• काठमाडौँ, १८ मङ्सिर 

     संयुक्त राष्ट्रसङ्घको आह्वाननमा शान्ति स्थापनाका सिलसिलामा अफ्रिकी मुलुक कङ्गोमा तैनाथ हुन २८औँ डफ्फाको पहिलो टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ ।

    त्यहाँ तैनाथ भवानीदल गण २७औँ डफ्फालाई बदली गर्न फष्ट रैफल गण २८औँ डफ्फाको शान्ति सेनाको पहिलो टोली प्रस्थान गरेको हो । प्रमुख सेनानी वसन्तबहादुर गौतमको नेतृत्वमा २१९  शान्ति सैनिक मिशन ईलाका प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    सेनाले छ दशकदेखि संयुक्त राष्ट्रसङ्घका विभिन्न मिसनमा सहभागी भई द्वन्दग्रस्त मुलुकमा शान्ति स्थापना कार्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । कोभिड–१९ सङ्क्रमणबीच सम्पूर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप अदली बदलीको व्यवस्थापन गरिएको सेनाले जानकारी दिएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …