• नवलपुर, २२ मङ्सिर 

     शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा अवस्थित सरस्वती नमूना माविको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षालाई सिकाइसँग र सिकाइलाई उत्पादनसँग जोड्न पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरेपछि विद्यार्थीहरुलाई किशोरावस्थाबाटै उद्यमशीलतातर्फ अगाडि बढ्न प्रेरणा मिल्ने मन्त्री पौडेलको भनाइ छ । “अहिले परीक्षणका लागि केही विद्यालयमा मात्रै पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “आगामी तीन वर्षभित्र देशभरका सबै सामुदायिक विद्यालयमा क्रमशः कार्यक्रम लागू गर्दै जानेछौँ ।” 

सम्वन्धित समाचार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चर…

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …