• मङ्गलबारे, २५ मङ्सिर

     पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको श्रीअन्तु पोखरीमा पुनः डुङ्गा सञ्चालनमा आएको छ । दुई वर्षदेखि रोकिएको डुङ्गा सञ्चालन पुनः सुरु गरिएको हो । कोरोना महामारीसँगै नगरपालिका र डुङ्गा सञ्चालकबीच केही समस्या उत्पन्न भएपछि अन्तु पोखरीमा डुङ्गा सञ्चालन हुन् छोडेको थियो । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न पोखरीमा पहिलोपटक नगरपालिका आफैँले डुङ्गा सञ्चालनमा ल्याएको हो । श्रीअन्तु पुगेपछि सूर्योदय र सूर्यास्तको दृश्यसँगै आन्तरिक तथा बाह्य पर्यटकको अर्को रोजाइ डुङ्गा सयर हुने गरेको छ ।

    हाल पोखरीमा तीनवटा डुङ्गा सञ्चालन थालिएको नगर प्रमुख रणबहादुर राईले बताउनुभयो । बाहिरबाट आउने पर्यटकको मनोरञ्जनका लागि डुङ्गा सञ्चालन गरिएको बताउँदै नगरप्रमुख राइले भन्नुभयो, “अन्य पर्यटकीयस्थलसँगै अन्तुपोखरीमा डुङ्गा पनि थप गरिएको छ ।”

    प्रमुख राईका अनुसार पर्यटनका विभिन्न क्षेत्रको पूर्वाधार विकास गर्ने क्रममा नगरपालिकाले पोखरीमा डुङ्गा सञ्चालनमा रकम विनियोजन गरिसकिएको छ । पर्यटकबाट एक पटक डुङ्गामा चढेर पोखरी फन्को लगाएको रु ५० शुल्क लिइने छ । डुङगा चढ्नलाई १५ थान लाइफ ज्याकेट पनि व्यवस्था गरिएको छ । 

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…