•  कैलाली, २५ मङ्सिर

    कोभिड–१९ रोकथाम प्रतिकार्य तथा खोप अभियान सहयोग कार्यक्रमअन्तर्गत खोप चिस्यान केन्द्र व्यवस्थापनका लागि केयर नेपाल र सीएसएसडीको सहकार्यमा शुक्रबार कैलालीका केही स्थानीय तह, अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रका लागि विभिन्न सामग्री हस्तान्तरण गरिएको छ ।

    उक्त सामग्री सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्कामार्फत केयर नेपालका सहायक निर्देशक मुना शेर्पाले हस्तान्तण गर्नुभयो । खोप चिस्यान केन्द्र व्यवस्थापनका लागि स्वास्थ्य कार्यालय कैलाली, टीकापुर अस्पताल, भजनी प्राथमिक स्वास्थ्योपचार केन्द्र, लम्कीचुहा नगरपालिका र बर्दगोरिया गाउँपालिकाका लागि आइसलेण्ड रिफ्रिजेटर ठूला र सानो, कोल्ड बक्स, फ्रिजर चेष्ट, आइसप्याकलगायत गरी रु ३१ लाख ९१ हजार ३४९ बराबरका सामग्री हस्तान्तरण गरिएको सीएसएसडी कैलालीका कार्यक्रम संयोजक जगत उपाध्यायले जानकारी दिनुभयो । 

    उहाँले कोरोनाको खोप लगाउन सहजताका लागि सामग्री हस्तान्तण गरेको बताउनुभयो । सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री खड्काले खोप चिस्यान केन्द्र व्यवस्थापनका लागि हस्तान्तरण गरिएका सामग्रीले सहज हुने बताउनुभयो । मन्त्री खड्काले भन्नुभयो, “अब कुनै नयाँ भेरियन्ट आए पनि त्यसका पनि सबैको सहयोग र सहकार्यमा न्यूनीकरण गर्न सक्छौँ ।”

    उहाँले प्रदेश सरकार सीमानाकामा स्वास्थ्य परीक्षणदेखि होल्डिङ सेन्टरलाई चाँडोभन्दा चाँडो सञ्चालन ल्याउन प्रयासमा रहेको उल्लेख गर्नुभयो । केयर नेपालकी सहायक निर्देशक शेर्पाले विभिन्न विपत्मा जहिले पनि सहकार्य गर्न तत्पर रहेको उल्लेख गर्नुभयो । 

सम्वन्धित समाचार

 जब खाजा खानेबेला हुन्छ, ६२ वर्षीय नीरबहादुर विकको आवाज दोहोरिरहन्छ । ‘आउनुहोस् हजुर, मकै खा…

ताप्लेजुङमा रेडपान्डा (रातो हाब्रे ) अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको छ । फुङ्लिङ नगरपालिका&n…

कमलामाई (सिन्धुली), ३ चैत    पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको…

ढोरपाटन, २ चैत    कच्ची पहाडी बाटोको लामो सकसपूर्ण यात्रा, त्यो पनि खोला र जङ्गल छिचोल्दै पुग्न…