• मोरङ । मोरङको पथरीशनिश्चरे ८ नम्बर वडा कार्यालयसहित दुई वटा भवन उद्घाटन भएको छ । 
    सुक्रबार वडा कार्यालय र आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन भएको हो । वडा कार्यालयले जग्गा खरिद गर्न रकम प्रदान गर्ने ४८ जना, सहायक कार्यकर्ता, स्वम सेबिका र बृद्ध बृद्धा गरी ६० जनालाई सम्मान गरेको छ ।
    वडा र आधारभूत स्वास्थ्य सेवा भवन नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना बिष्ट र नगर प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले उद्घाटन गरेका हुन । 
    वडा अध्यक्ष बाबुराम दाहालको सभापतित्वमा भएको कार्यक्रममा दुबै भवनमा रिवन काटेर उद्घाटन गरेका हुन । 
    भवन उद्घटनको अवसरमा वडा भवन निर्माणको लागि जग्गा खरिद गर्न रकम प्रदान गर्ने मिलन राई, लक्ष्मीप्रसाद गुप्ता, रामबहादुर भट्टराई लगायत ४८ जनालाई सम्मान पत्रले सम्मान गरे । त्यसैगरी ८० बर्ष भन्दा माथिका रामबहादुर माझी, दलबहादुर देवान, धनमाया पौडेल, पूर्णबहादुर दर्लामी, नर्बदा अधिकारीलाई करुवा र दोसल्लाह ओढाएर सम्मान गरेको हो । 
    त्यसैगरी सामुदायिक विद्यालयमा सहयोगी कार्यकर्ताहरु सुनिता खरेल र दुर्गा कुमारी घिमिरे (मिलन आवि), सुनिता कार्की, मनिता गौतम (बुद्ध मावि), भीमकुमारी सुवेदी (दुर्गा आबि), महिला स्वयम सेबिका सरस्वति चौधरी, मञ्जु बस्नेतलाई सम्मान कदर पत्र र  नगद ५ हजारको दरले सम्मानित भएका हुन । 
    वडा सचिव ललिता लावतिले सञ्चाल भएको कार्यक्रममा नगर प्रमुख राई र उपप्रमुख बिष्टले कार्यकालमा भएको बिकास बारे जानकारी गराएका थिए । 


     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…