• मोरङ । विज्ञान प्रदर्शनी तथा बिभिन्न ब्यक्तिलाई सम्मान गर्दै मोरङको पथरी शनिश्चरे नगरमा स्थापित सुनाखरी मा.वि.ले आफ्नो २९ औं वार्षिक उत्सव मनाएको छ । 
    बुधबार आयोजित उत्सवमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विज्ञान प्रदर्शनी तथा खेलकुदको साथै विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । 
    उत्सवको अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्ब अध्यक्ष रत्न साउदेन, कुमार चाम्लिङ, शिक्षक तेजबहादुर थापा, ऋद्धिबहादुर काफ्ले, सृजना राई, विद्यालका सहयोगी सलबहादुर तामाङ, कार्यालय सहयोगी युवराज ढकाललाई सम्मान गरिएको थियो । भएका थिए । कार्यक्रममा शिक्षक विवेक सुवेदीलाई भने सम्मानको साथमा बिदाइ गरिएको थियो ।
    कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना बिष्ट बास्तोला लगायतले शुभकामना मन्तब्य राखिएको कार्यक्रममा पञ्चायत माविका प्रअ अर्जुन कुमार बुढाथोकी, पूर्ब शिक्षकसमेत रहेका माओवादी केन्द्रका दिननाथ तिम्सीना, नेपाली कांग्रेसका रुपनारायण भट्टराई, नेकपा (एस)का नगर अध्यक्ष तुलसी ढकाल, उद्योग वााणिज्य संघ पथरीका अध्यक्ष धनकुमार तामाङ, लोकगायक विरध्वज शीवा लगायतको उपस्थिति रहेको थियो ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिपकुमार राईको सभापतित्वमा भएको कार्यक्रमको औचित्य माथि विद्यालयका प्रधानाध्यापक नरेन्द्र घिसिङले बोलेका थिए । कार्यक्रम शिक्षक÷शिक्षिका बलाराम तिम्सीना र सृजना राईले संचालन गरेका थिए । सुनाखरी माविमा स्थानीय भाषाको रुपमा राई समुदायको चाम्लिङ भाषा पठन, पाठनहुदै आएको छ । विद्यालयमा विद्यार्थीहरुका लागि इलाइवेरीको व्यवस्था रहेको छ । 


     

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…