• मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले सुक्रबार तोडफोड गरेको छ । 
    सुक्रबार विहान भएको तोडफोडबाट क्याम्पसको ढोका फुटेको छ । नेवि संघ पथरी क्याम्पस इकाई समितिले आज (शनिबार) वनभोज कार्यक्रमको आयोजना गरेको छ । वनभोज कार्यक्रमको लागि क्याम्पसमा रकम माग गरेका थिए । तत्काल रकम नदिएकोमा नेवि संघ इकाई कार्यसमितिका कार्यबाहक अध्यक्ष बिदुर बस्नेत लगायतको टोलीले अमर्यादित व्याबहारसहित तोडफोड गरेको पब्लिक क्याम्पस प्राध्यापक संघ, नेपाल इकाई समितिद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । टोलीमा पूर्ब स्ववियु सभापति गोपाल साम्बा, सदस्य केशर राई लगायतका विद्यार्थी रहेका थिए ।
    क्याम्पस प्रमुख चेतन पौडेल, उपप्रमुख शान्तिराम तिम्सिना लगायतको उपस्थितिमा जाडो विदा दिने कि नदिने लगायतको बिषयमा पब्लिक क्याम्पस प्राध्यापक संघ, नेपाल इकाई समितिको बैठक बसिरहेको थियो । संघमा आबद्ध विद्यार्थीहरुले बैठक बसिरहेको कार्यालय बाहिर नारा जुलुस तथा तोडफोड गरेका थिए । नेवि संघका कार्यकर्ताहरुले बैठक बसिरहेको कोठाको बाहिरबाट चुकुल लगाएको र केहीबेर पछि आफै ढोका फोरेर बैठकमा प्रवेश गरी नारा जुलुस गरेको संघले जनाएको छ ।  

    सोही क्याम्पसमा अध्ययनरत विद्यार्थी समेत रहेका नेवि संघका कार्यकर्ताहरुले क्याम्पस प्रशासन—मुर्दावाद, क्याम्पस प्रमुख—राजिदामा दे, शिक्षक कर्मचारीलाई—कालोमोसो दल्छौ लगायतका अमर्यादित नारा लगाएको प्राध्यापक संघको विज्ञप्तिमा उल्लेख छ । 
    विद्यार्थीहरुको अमर्यादित व्यावहारले असुरक्षा पैदा भएको भन्दै पठानपाठन गर्न नसक्ने संघले जनाएको छ । त्रिभुवन विश्वविद्यालयले यो बर्षको जाडो विदा दिने, नदिने कोर्ष सकिने, नसकिने विचार गरेर क्याम्पसले नै निर्णय गर्ने दिर्नेशन दिएको छ । पथरी क्याम्पस विदा, दिने नदिने र नेवि संघको मागहरुको बारेमा प्राध्यापक संघको बैठक बसिरहेको बेला विद्यार्थीहरुले अराजकता प्रदर्शन गरेको संघले जनाएको छ । 
    पब्लिक क्याम्पस प्राध्यापक संघ, नेपाल इकाई समिति पथरीबहुमुखी क्याम्पसका अध्यक्ष उमेशकुमार खड्का र सचिव सुर्यबहादुर कटुवालद्वारा हस्ताक्षरित विज्ञप्तिमा यो परिस्थितिमा पठानपाठन गर्न नसक्ने उल्लेख छ । 
    यता नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिले भने पर्याप्त खेलकुद सामाग्री र खेलमैदानको व्यवस्थापन, शौचालय सरसफाइ हुनुपर्ने, टाढाको विद्यार्थीलाई यातायातको व्यवस्थापन हुनुपर्ने लगायतको माग राखेर पुस ८ गतेदेखि ७ दिनको अल्टिमेटम दिएको थियो । माग पुरा नभए जस्तोसुकै मूल्य चुकाउने चुनौति दिएको थियो । यद्यपि विद्यार्थीहरुले संगठनको माग भन्दा पनि शनिबार आयोजनाहुने वनभोजको लागि पैसा नदिएकैमा सुक्रबार तोडफोड तथा विन अनुमति बैठकमा प्रबेस गरेर अमर्यादित व्यावहार गरेको संघले जनाएको छ । प्राध्यापक संघको विज्ञप्तिपछि आइतबारदेखि क्याम्पसल लाग्ने कि बन्द रहने अन्योलता सिर्जना भएको छ । 

     


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता हुने भएको छ ।  पथ…

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…